पुम्दीकोटमा शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने(भिडियोसहित)

पोखरा हटलाइन सवांददाता,
पोखरा महानगरपालिका-२२ पुम्दीकोटमा पुनः दोस्रो पटक महायज्ञ गरिने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा पुम्दीकोटमा कुमार पार्वतीको मुर्ति तथा बिद्युतीय चियर कार सहितका भौतिक संरचना स्थापना गर्न पुनः आउदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिले जनायको छ । यस  लाई सम्पन्न गर्न पुम्दिकोट कोट बिकास समितिका अध्यक्ष खचन्द्रकान्त बरालको संयोजकत्वमा १००८ सदस्यीय मूल आयोजक गठन भई बिभिन्न बिषयका ३८ उप समितिहरु समेत गठन भई क्रियाशिल रहेको समितिले जनाएको छ ।सुमेरु पर्बत नामाकरण गरी कुमार पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेस्वर महादेब देखि सुमेरु पर्वतसम्म पहुचको लागि बिधुतीय चियर कार निर्माण गर्ने, ग्रिनरि पार्क निर्माण गर्ने, पार्किङ् स्थल निर्माण गर्ने मूल मूर्ति लगायतका भौतिक संरचना निमाणर्को लागि महायज्ञ गर्नु परेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो ।
यस भन्दा पहिले २०७३ फागुन ३ देखि १३ गते सम्म महायज्ञ,विबिध धार्मिक कार्यक्रम भएको थियो ।बिशाल महादेवको मुर्तिका अधुरा काम पुरा गर्न दोश्रो पटक आयोजना हुने महायज्ञबाट पूरा हुने उहाँले व्यक्त गर्नुभयो । हालसम्म २० करोड खर्च भइसकेको उक्त बिशाल महादेवको मुर्ति निर्माण परियोजना अघि बढाउने क्रममा करिब ३ करोड ७५ लाख भुक्तानी दिन बाकीँ रहेकाले पुनः महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष बरालले बताउनुभयो ।

भिडियो;

शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न संकल्प महायज्ञ २०७८ को मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झmँक्री प्रर्दशन गरिने भएको छ ।
प्रथम महायज्ञ लगायत यस महायज्ञका दान(दाताहरुबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माण गर्ने गरिने भएको समितिले जनाएको छ ।प्रथम महायज्ञबाट ५१ फिट अग्लो महादेवको बिशाल मूर्ती स्थापना गरिएको, ३१ फिट उचाइको बिशाल डम्मरु निर्माण, महादेवको बिशाल क्षेत्र् कुण्ड ९गङ्गा पोखरी० तेश्रो आखा १०८ धारा जडान सहित, शिब ताण्डब नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिढी निर्माण, सुबिधा सम्पन्न सौचालय सहितको प्रशासकीय भवन निर्माण, ४१ वटा फूलमाला बिक्रि कक्ष रहने सटर, मूर्ती परिसरमा कम्पाउड वाल निर्माण, २०० मिटर पहुचको पक्कि मार्ग निर्माण, मनोरेल द्वारा गणेश परिक्रमा लगायतको भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनुभयो । पुम्दिकोट विशाल महादेव मुर्ती अवलोकन उद्घाटनसगैँ महायज्ञ लगाउने तयारी गरेको हो । उद्घाटन भएपछि प्रबेश शुल्कको निर्धारण गर्ने समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीले गण्डकी प्रदेशकै गौरवका रुपमा रहेको पुम्दीकोट विशाल महादेव मूर्ति सहितका परियोजना सम्पन्न गर्नका लागिएकामा कार्यहरुमा सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयको छ ।

भिडियो;

Comments are closed.