पो . ले. म. न. पा. ९ स्थित ४ दशक भन्दा लामो इतिहास बोकेको पुरानो बसपार्क ले पहिलो पटक मुहार फेर्ने भएको छ /बर्खा याममा हिलोले धान नै रोप्न मिल्ने र हिउदमा धुलोले अस्तव्यस्त अवस्था रहेको यस ठाउको पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा मर्मत संहार हुन लागेको वडा न. ८ का वडा अध्यक्ष तथा पार्किंग ब्यबस्थापन समिति संयोजक रुद्रनाथ बराल ले जानकारी दिए /पृथ्वीचोक को ट्राफिक ब्यबस्थापन लाई सहज बनाउने उदेश्यले लामो दुरीका बसहरुलाई बसपार्क भित्र नै ब्यबस्थापन गर्नको लागि अस्थाई बसपार्क निर्माण शुरु गरिएको हो /यसै संगै पृथ्वीचोक तथा वरिपरि बाट छुट्ने सम्पूर्ण बसहरु बसपार्क भित्रै बाट छुट्ने व्यवस्था मिलाइने छ /यस निर्माण पछि पृथ्वीचोक ,नागढुंगा ,चाइनापुल लगायतका ठाउको भिड कम भै दुर्घटना न्यूनीकरण गर्न सहज हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारी ले बताए /तस्बिर :चिरन्जीवी पौडेल (पोखरा हटलाइन )/
Comments are closed.