पुलिस पोखरा कपको उपाधि होडमा, आज एपीएफ र थ्रि स्टार

NPC Vs MMC

पोखरा, १ माघ
पोखरेली मैदानमा नेपाल पुलिस क्लब बाधक बन्दा साविक विजेता मनाङमस्याङर्दीको सपना चकनाचुर भएको छ । मनकामना पोखरा कप फुटबल प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले सफल पोखरा कपको दुई पटकको विजेता मनाङमस्याङर्दीलाई २—१ को कठिन जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

मनाङ सफल पोखरा कपको दोस्रो र तेस्रो संस्करणको विजेता हो । उसले दोस्रोमा मछिन्द्र र तेस्रोमा थ्रि स्टार क्लबलाई पराजित गदै उपाधि उचालेको थियो । चौथो संस्करण दौरान मनाङलाई रोक्ने क्रममा पुलिसको तर्फबाट भरत शाह र जुमानु राईले एक÷एक गोल गरे । प्रत्युत्तरमा मनाङका लागि अनिल गुरुङले सान्त्वना एक गोल गरे ।
उपाधिका लागि पुलिसले एपीएफ र थ्रि स्टारबीचको विजेतासँग माघ ३ गते खेल्नेछ । पोखरा रगंशालाको फुटबल मैदानमा खेल सुरुवातको चौथो मिनेटमै पुलिसले मनाङ बिरुद्ध गोल गदै अग्रता लिएको हो । कप्तान जुमानु राईले हेड मार्फत दिएको पासलाई फरवार्ड भरत शाहले प्रहार गोलमा परिणत गरेका हुन् । जुमानु र भरतको पासलाई मनाङका रक्षक हेम गुरुङ र गोलकिपर विशाल श्रेष्ठले अनुमान गर्न सकेनन् ।
१६ औं मिनेटमा आफ्नो लयमा फर्कंदै मनाङले खेल बराबरीमा ल्यायो । बिशाल राइले प्रहार गरेको कर्नरलाई कप्तान अनिल गुरुङले गोल गरे । आक्रामक र होल्डिङ्को रणनीतिमा मैदानमा प्रस्तुत भएको पुलिसले तिन मिनेटमै दोस्रो गोल गदै स्कोर २—१ को अवस्थामा पु¥यायो । म्यान अफ दी म्याच भरत शाहको पासमा कप्तान जुमानु राईले सेकेण्डबार च्याप्दै सुन्दर गोल गरे । २३ औं मिनेटमा मनाङका विदेशी खेलाडी डोडोजले विपक्षी गोलरक्षकसँगको वान मर्सेज वानको अवस्थामा गोल गर्न नसक्नु उसको लागि दुर्भाग्य भयो । पहिलो हाफमा २—१ मा टुङ्गीएपनि दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न सकेनन् । ७६ औं मिनेटमा दिपक राईले प्रहार गरेको फ्रिकिक ६ याडबाट ड्रप भएको बललाई पुलिसका गोलरक्षक रितेश थापाले पञ्च गर्दै संकट टारेका थिए ।
९० औं मिनेटमा भोला सिलवालले गरेको कडा प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८३ आंै मिनेटमा मनाङ १० खेलाडीमा सिमित भएपछि झन संकटमा परेको थियो । हेम गुरुङ रातोकार्ड खाँदै मैदानबाट बाहिरिनु प¥यो । उनले ५३ औं र ८३ आंै मिनेटमा दुई पँहेलो कार्ड पाएका थिए ।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मनाङ र आफनो खेल बराबरी भएको प्रतिक्रिया दिँदै शुरुमा जसले अग्रता लिन्छ जित उसैको हुने भएकोले आफुले जितको बताए । ‘पहिलो गोल गरेपछि मनाङलाई साइडमा खेल्न दिने र विचमा नदिने रणनीति अनुसार खेल्यौ’ पोष्ट म्याच कन्फ्रेन्समा उनले भने । प्रदर्शन भन्दा पनि गोलका लागि खेल्ने हो भन्दै श्रेष्ठले फाइनलमा एपीएफ र थ्रि स्टार जो आएपनि खासै फरक नपर्ने बताए ।  मनाङका प्रशिक्षक नविन न्यौपानेले डिफेन्सको तालमेल नमिल्दा गोल खानुपरेको बताउँदै खेलमा पाएका अवसर सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।

 

 

 

 

Comments are closed.