एकराज गिरी/पोखरा, ३ माघ /पोखरेली मैदानमा थ्रीस्टार पाँच मिनेट सम्हालीन नसक्दा नेपाल पुलिस क्लब मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । पोखरा रगंशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको थ्रीस्टार क्लबलाई सडनडेथमा ४—३ को जित निकाल्दै च्याम्पियन बनेको हो । विजेता पुलिसले उपाधिसहित नगद ३ लाख ५१ हजार ट्रफि, मेडल र प्रमाणपत्र जित्दा उपविजेता थ्री स्टारले २ लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
खेलमा उत्कृष्ट पुनरागमन गरेको पुलिसले उपाधिको लागि एक सय २० मिनेटपछिको संघर्षपूर्ण खेल जित्न सडनडेथको सहारा लिनुप¥यो । ४९ औं मिनेटमा थ्रीस्टारका बिक्रम लामाले गोल गर्दै खाता खोलेका हुन् । जगजित श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा लामाले हेड गोल गर्दै खाता खाले । पोखरा रगंशालामा उपस्थित हजारौं समर्थकले खुसी मनाए । तर, थ्रीस्टारले त्यो उत्साह बाँड्ने अवसर केवल चार मिनेटमात्रै रह्यो । खेलको १५ औं मिनेटमा क्रसबारमा लागेर बल फर्किएपछि अभागीको संकेत देखाएको पुलिसले ८३ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेल अतिरिक्ति समय हँुदै पेनाल्टीसम्म पुग्यो । डिवक्स बाहिरबाट दिपेन श्रेष्ठले दिएको पासलाई डिवक्स भित्र रहेका सिलवालले बललाई पोष्टको दिशा दिएपछि खेल एकएकको बरावरीमा आयो । निधारित ९० मिनेटको खेल एक÷एक गोलमा सकिएपछि थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट–आउट र सडनडेथमा पुगेको हो ।
खेलमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले दवावलाई थाम्दै खेलमा फर्कनसक्छ भन्ने प्रमाणित गर्दा थ्रीस्टार उपाधि उचाल्ने सुर्वण अवसरबाट चुक्यो । तेस्रो सस्करणमा मनाङ मस्र्याङदीसँग पराजित हुँदै उपाधि उचाल्ने सपना अधुरो बनेको थ्रीस्टार चौथो संस्करणमा पुलिस बाधक बन्यो । पेनाल्टी प्रहारमा थ्रीस्टारका पोखरेली खेलाडी विजय गुरुङ, जगजित श्रेष्ठ र किरण चेम्जोङको प्रहारलाई पुलिसका रक्षक रितेश थापाले उत्कृष्ट बचाउ गरेपछि उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
थ्रीस्टारका लागि विक्रम लामा, निराजन खड्का, सन्तोष साहुखललेको प्रहार गोलमा परिणत भए ।
पुलिसको तर्फबाट पेनाल्टी प्रहार गर्ने क्रममा पोखरेली अजित भण्डारी, निरकुमार राई, सुमन सुवेदी र दिपेन श्रेष्ठको प्रहार गोलमा परिणत भएपछि जितका लागि पर्याप्त भयो । खेलमा निर्णायक गोल गर्दै नायक भएपनि कप्तान भोला सिलवाल पेनाल्टीमा खलनायक बने भने योगेश श्रेष्ठको प्रहार पनि खेर गयो ।
‘पहिलो हाफमा खेलमा फर्कियौं’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने,‘मेरो रणनीति फेल भएन तर हतारिदाँ गोल खान पुग्यौं प्रेसरमा प¥यौ । बल फाइनलपास गर्न सकेनौ बराबरी गोल भएपछि खेलले नयाँ रुप लियो ।’
पाँच मिनेट रोकिन नसक्दा उपाधि विहिन हुनुपरेको थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले बताए । उनले पाँच मिनेट रोक्न सकेको भए जित्थ्यौ तर पेनाल्टीमा भन्न नसकिने उनको तर्फ छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भोला सिलवालले मोटरसाईकल प्राप्त गरे । स्ट्राईकर सन्तोष साहुखल (थ्रीस्टार), उत्कृष्ठ मिडफिल्ड हेमन गुरुङ (पुलिस), उत्कृष्ट गोलकिपर रितेश थापा (पुलिस), उत्कृष्ट प्रशिक्षक विराटकृष्ण श्रेष्ठ (पुलिस), उत्कृष्ट डिफेन्स दिपेन श्रेष्ठ (पुलिस) घोषित भए । उनीहरुलाई नगद सहित ट्रफीबाट सम्मानित गरिएको थियो । प्रतियोगिताको समापन समारोह मै नेपालको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने मणि शाह, पोखरेली अग्रज फुटबलर डम्बरलाल माकाजू, सुकबहादुर गुरुङलाई सम्मानित गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबावु श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरे ।
Comments are closed.