पर्वत, १७ असार
तीर्थधाम मुक्तिनाथ जाने यात्रुले
कालीगण्डकी नदीमाथि पुल नहुँदा
सास्ती बेहोर्नु परेको छ ।
मुस्ताङ सदरमुकाम
जोमसोमदेखि मुक्तिनाथसम्म जाने
मोटरबाटोको जोमसोम बजारखण्डमा
कालीगण्डकी नदीमाथि पक्की पुल
नहुँदा मुक्तिनाथ जाने यात्रु तथा
उपल्लो मुस्ताङ जाने यात्रुले सास्ती
बेहोर्नु परेको हो ।
विसं २०६७ मा रु चार करोड
१२ लाखको लागतमा निर्माण सम्पन्न
गर्ने गरी काम सुरु भए पनि पुल
हालसम्म पनि सम्पन्न हुन सकेको
छैन ।
जिल्ला प्राविधिक कार्यालय
मुस्ताङका प्रमुख रवीन्द्र तिवारी
भन्छन्– “पुल निर्धारित समयमा
सम्पन्न हुन सकेन । तिवारीका
अनुसार पुलको डिजाइन पटकपटक
परिवर्तन हुँदा निर्माण प्रक्रिया
प्रभावित हुन पुगेको हो । पुल
निर्माणका लागि बिटी÷जय ओम
निर्माण सेवाले जिम्मा लिएको हो ।
पुल निर्माण गर्नका लागि बढीमा
दुई वर्षको समयावधि दिए पनि
निर्माण कम्पनीको ढिलासुस्तीका
कारण पुल निर्माण प्रक्रिया अवरुद्ध
भएको स्थानीयवासीको गुनासो रहेको
छ । पुल निर्माण नहुँदा जोमसोमको
बारीसम्म पुगेका सवारी साधन
बारी नै पार्किङ गरेर राख्नुपर्छ ।
हिउँदको समयमा कालीगण्डकी नदी
सानो हुने भएका कारण खोलाबाट
गाडी तर्ने भए पनि वर्षायाम सुरु
भएपछि भने सवारीसाधन वारपार
गर्न समस्या पर्दै आएको छ ।जोमसोम
बजारदेखि मुक्तिनाथ मन्दिरसम्म
झन्डै २३ किलोमिटर यात्रा
गर्नुपर्छ । सवारीसाधन कालीगण्डकी
तर्न नसकेपछि बारी नै रहने गर्छन् ।
गाडी रिर्जभ गरेर गएका यात्रुसमेतले
वर्षात्को समयमा जोमसोम पारीका
गाडी प्रयोग गर्नुपर्छ । नेकपा (एमाले
नेता डा. सूर्य पाठक भन्छन्– आफ्नै
सवारीसाधन छाडेर अर्कोमा
चढ्नुपर्ने बाध्यता दुःखदायी छ । नेपाल
सुरक्षित छ भन्ने सन्देश दिनका लागि
मुक्तिनाथ मन्दिरसम्म हिँडेका नेता
पाठकले महत्वपूर्ण र संवेदनशील
स्थानमा पुल बनाउने काममा राज्यले
बेवास्ता गरेको आरोप लगाए ।
करिब ५२ मिटरको चौडाइमा
निर्माण हुनेगरी पुल निर्माण कार्य सुरु
गरिए पनि हिउँदको समयमा हिउँ पर्ने
र वर्षातमा पानीले काम गर्न समस्या
पर्ने भएका कारण पनि निर्माण
कार्य मन्द गतिमा अगाडि बढिरहेको
निर्माण कम्पनीले जनाएको छ ।
समयमै पुल निर्माण कार्य
नसकिँदा बर्षेनी यात्रुले सास्ती बेहोरी
रहेको हुँदा आगामी आर्थिक वर्ष्भित्र
पुल सम्पन्न गर्नेगरी आफूहरुले काम
गरिरहेको प्राविधिक कार्यालयका
प्रमुख तिवारीले बताए ।
निर्माण कार्यका लागि कम्पनीसँग
ताकेता गरिरहेका छौं । मौसमले साथ
दिनासाथ काम सुरु हुन्छ तिवारीले
भने । पुल निर्माण सम्पन्न भएपछि
वर्षात पनि जोमसोम मुक्तिनाथ सडक
बाह्रै महिना चल्नेछ । रासस
Comments are closed.