पोखरा, ८ चैत/ नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता पुष्पकमल सुवेदीको ६६ औं जन्मजयन्तिको अवसर पारेर पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराले अन्तक्र्रिया गरेको छ । एकाइसौ शताब्दिमा माक्र्सवादको सान्दर्भिकता बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष दिवाकर सुवेदीले जनताहरु पार्टीभन्दा बाहिर नभएको भन्दै देशलाई अग्रगामी बाटो तर्फ लैजान नेपाली कम्युनिष्ट आन्दोलनलाई एकिकृत बनाएर लानुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य प्रगतिवादी लेखक तथा एकिकृत माओवादी केन्द्रीय परिषद सदस्य रामराज रेग्मीले एकाइसौ शताब्दिमा माक्र्सवादको सान्दर्भिकता शिर्षकमा एक कार्यपत्र पेश गरेका थिए । आठवटा उप शिर्षकहरुमा विभाजित कार्यपत्रमाथी टिप्पणीकारहरु प्राध्यापक डाक्टर लेखनाथ भट्टराइ र डा. पशुपतिनाथ तिमल्सिनाले टिप्पणी गरेका थिए । कार्यपत्रको प्रस्तुति तथा टिप्पणीकारहरुले गरेको टिप्पणी पश्चात सहभागी विभिन्न संघ संगठनका प्रतिनिधिले कार्यपत्र उपर छलफल तथा सुझाव दिएका थिए ।
Comments are closed.