पूर्ननिर्माणले तिव्रता पाए अर्थतन्त्र सुध्रिन्छः अधिकारी

264869_197630566950846_6498616_nविश्व अधिकारी सिटी डेभलपमेण्ट पोखराका प्रमुख कार्यकारी अधिकृत हुन् । मुलुकमा गएको महाभूकम्पले समग्र मुलुकमा असर परिरहेका बेला बैकिङ् क्षेत्र पनि अछुतो रहेका छैन । बैंकर एशोसियसनका पूर्व सचिवसमेत अधिकारीसँग पोखरा हटलाइनका लागि  भूकम्पपछिको, बैंकिङ् क्षेत्रको अवस्थाका बारेमा गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


 भूकम्पले बैकिङ्ग क्षेत्रमा कस्तो असर पारेको छ ?

गत शनिवार गएको महा–भूकम्पले समग्र देशनै शोकाकुल छ । यो समयमा सबै सरकारी संयन्त्रहरु तथा निजी क्षेत्र पनि बचाउ तथा राहत वितरणमा केन्द्रीत छन् । भौतिक संरचनामा पर्न गएको क्षतिले गर्दा सबै क्षेत्रहरु अस्तव्यस्त छन् । बैकिङ्ग क्षेत्रपनि यसबाट अछुतो छैन । विशेषत काठमाडौं लगायत भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय कार्यालय भएका बैंक तथा वित्तिय संस्थाहरुमा बढी प्रभाव परेको छ । यस्तो विसम परिस्थितिमा पनि सिटी डेभलपमेन्ट बैंकले भने निरन्तर सेवा दिँदै आएको छ ।

यस्ता प्राकृतिक प्रकोपबाट बच्नका लागि बैकिङ्ग क्षेत्रले अपनाउनुपर्ने सावधानी के के हुन् ?

प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन र यसबाट पर्ने प्रभावबाट पूर्ण रुपमा बच्न पनि सकिँदैन । पूर्व तयारी गरेमा भने यसबाट पर्ने प्रभावलाई न्यूनिकरण गर्न सकिन्छ । आधुनिक बैकिङ्ग प्रणाली सूचना प्रविधी ९क्ष्लायचmबतष्यल त्भअजलययिनथ० मा बढी निर्भर रहने हुनाले प्रविधी सम्बद्ध उपकरणहरुको सुरक्षाको विषेश प्रबन्ध गर्नुपर्छ । कम्पूटर प्रणालीमा सम्पूर्ण सूचना राखिने हुनाले ती उपकरण नष्ट भएमा सबै सूचना पनि नष्ट हुन्छन् । त्यस्तो सूचनाको सुरक्षाको लागि एकभन्दा बढी स्थानमा प्रतिलिपि ९द्यबअपगउ० राख्ने व्यवस्था गर्नुपर्छ ।
सिटी डेभलपमेन्ट बैंकमा बैंिकङ्ग सफ्टवयरको आपतकालीन उद्धार प्रणाली ९म्ष्कबकतभच च्भअयखभचथ क्थकतझ० लागु गरीएकोले भूकम्पपछि पनि बिना कुनै रुकावट सेवा दिन सफल भएको छ ।

 यसले दिर्घकालसम्मका लागि पार्ने असर के हुन सक्छन् ?

यस विनाशकारी भूकम्पबाट धनजनको ठूलो क्षति भएकोले यसवर्ष देशको अर्थतन्त्र तथा कुल ग्राहस्त उत्पादनमा प्रभाव पर्ने अनुमान गर्न सकिन्छ । सेयर बजारमा पनि यसको असर पर्नसक्छ । वित्तिय क्षेत्र ९ँष्लबलअष्ब िक्भअतयच० मा सबैभन्दा बढी प्रत्यक्ष प्रभाव पर्ने संस्था बिमा क्षेत्र सम्बद्घ संस्था पछि बैकिङ्ग क्षेत्र हुने देखिन्छ । तथापी पूर्ननिमार्णको कार्यले गति पाएमा अर्थतन्त्रमा केही सकारात्मक प्रभाव पर्नेछ ।

पोखराका बैंकहरुमा ग्राहकले भने जत्ति पैसा निकाल्न पाएका छैनन् । के भन्नुहुन्छ ?

खुला रहेका बैंकहरुले दैनिक कारोबारलाई आवश्यक पर्ने रकम भुक्तानी लिन आएका ग्राहकलाई फर्काएका छैनन् । बैंकले इन्टरनेट सेवामा वैकल्पिक व्यवस्था ई–बैङ्किक तथा एटिएममार्फत पनि भुक्तानि दिईरहेका छन् ।

झन् ठूला बैंकहरुले पैसा दिएका छैनन् । तपाइहरुको बैंकर एशोसियनले केही पहल गरेको छ ?

ठूला बैंकहरुले पैसा दिएका छैनन् भन्नुभन्दा पनि ठूलो रकमलाई कडाई गरिएको भन्ने बुझनु पर्छ । यो संकटको घडिमा आफ्नो दिनहँु आवश्यक पर्ने सामाग्रीको लागि रकम अभाव नहोस् र सबै आम जनताले सहज रुपमा आफ््नो गुजारा चलाउन सकुन भन्ने मनसायले नै समान रुपमा पैसा दिईएको हो । बैंकर एशोसिएसनले समग्र जनताको हितमा सबैले आफ्नो आवश्यकता पुरा गर्न चाहिने रकम सहज रुपमा पाउन् भन्ने मनसायले नै सबैलाई एकरुपताले रकम दिने निर्णय गरेको छ ।

 बैंकहरुको ठूलो लगानी रियल स्टेटमा छ । यो भूकम्पले कस्तो असर पर्ला ?

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन–२०७१ ३(४)(ख) बमोजिम आवासीय घर कर्जा, व्यावसायिक भवन तथा आवासीय अपार्टमेण्ट निर्माण कर्जा, निर्माण सम्पन्न भई आय आर्जन गर्न थालेको व्यापारिक कम्प्लेक्स कर्जा तथा अन्य रियल स्टेट कर्जा (जग्गाजमीन खरिद तथा प्लटिंग कर्जा समेत) गरी कुल कर्जाको २५ प्रतिशतभन्दा बढी नहुनेगरी कर्जा सीमा तोकेको छ । साथै, अन्य रियल स्टेट कर्जा (जग्गाजमीन खरिद तथा प्लटिंग कर्जा समेत) को लागि प्रवाह हुने कर्जाको सीमा कुल कर्जाको १० प्रतिशत कायम गरेको छ ।
माथि उल्लेख गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तिय संस्थालाई रियल स्टेट लगानी गर्न सिमा तोकेर कडाई गरिएको छ । यसले गर्दा बैकिंक क्षेत्रमा असर जति सोचिएको छ त्यति धेरै नपर्ने देखिएतापनि यो राष्ट्रिय संकट आउनेगरी गएको भूकम्पको असर समग्र अर्थतन्त्रमा पर्ने हुँदा बैंक तथा वित्तिय संस्था यसबाट अछुतो रहन सक्दैन ।

 वैंंक नाफामूखी हुन, नाफा कमाउनका लागि मात्रै उन्मुख छन् भन्ने आरोप छ । के भन्नुहुन्छ ?

सिटी डेभलपमेन्ट बैंक लिमिटेडले व्यवसाय विस्तारसँगै सामाजिक सेवालाई पनि आत्मसाथ गरेको छ । वार्षिक रुपमा नियमित गरिने रक्तदान कार्यक्रम, बैंकका शाखा रहेका क्षेत्रमा स्थापित उच्च माविहरुका उत्कृष्ट विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै आईरहेको छ ।
यस राष्ट्रिय विपदको बेला बैंकको संचालक समितिको बैठकले शोकाकुल नागरिकहरुको पिडामा मलहम लगाउन रु एक लाख पचास हजार रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैंकका कर्मचारीहरुको तर्फबाट एक दिनको तलब भूकम्प पीडितलाई सहयोग प्रदान गरेका छन् ।

Comments are closed.