पोखरा १८ वैशाख, /पोखरा महानगरपालिकाले अनुमति लिएर र पूर्वाधार बनाएर मात्र अनलाइन कक्ष सञ्चालन गर्न आफ्नो क्षेत्र भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले आवश्वक प्रक्रिया र पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्न थालेको भन्दै महानगरेको शिक्षा महाशाखाले पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
महानगर शिक्षा शाखाले बिहीबार महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधार बिनै कक्षा सञ्चालन गरेको भन्दै अनमुति बिना कक्षा सञ्चालन नगर्न सूचना जारी गरेको हो ।
‘विद्यालयले अनुमति पनि लिएको छैनन र पूर्वाधार पनि छैन । अनलाइन कक्षाको नाममा सानासाना विद्यार्थीलाई मानसिक तनाव दिन नहुने पोखरा महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले बताए ।
‘प्रक्रिया र पूर्वाधार नपुगेको कक्षाले विद्यार्थीलाई ज्ञान नभई झनै मानसिक तनाव दिने उनको दाबी छ । उनले कक्षा ९ भन्दा मुनीका कक्षाहरुमा अनलाइन क्लास सञ्चालन नगर्न आग्रह भनिएको स्पस्ट पारेका छन् । उनले एसईई र माथिल्लो कक्षाको हकमा भने कुनै रोकतोक नभएको जानकारी दिए ।
‘महानगर भएपनि अहिले प्राय विद्यार्थीहरु गाउँ फर्किएका छन् । सबै इन्टरनेटको पहुँचमा छैनन,’ उनले भने, ‘अनलाइन कक्षा सशुल्क हो कि निशुल्क हो ? सबै खुलाएर महानगरसँग अनमुति लिन भनेका छौं ।’
गुरुङले अनलाइन कक्षा सञ्चालन गर्दा महानगरसँग स्वीकृति लिएर मात्रै सञ्चालन गर्न आग्रह गरेका छन् ।
Comments are closed.