पूर्वाधार बनाएर पार्किङ शुल्क उठाउन माग

parkinggपाेखरा २५ फागुन । पूर्वाधार निर्माण गरेर मात्र पोखराको सडकमा पार्किङ शुःक उठाउन नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)कास्कीले माग गरेको छ । बिना पूर्वाधार पार्किङ शुल्क उठाउँदा पोखराका सडक झनै अव्यवस्थित बनेको भन्दै पूर्वाधार निर्माण र उचित स्थान तोक्न पोखरा उप–महानगरपालिकालाई माग गरेको हो ।

अहिले पोखरा उप–महानगरपालिकाले ठेक्कामा दिएको पार्किङ शुल्क सम्झौता गलत भएको भन्दै जिफन्टले आवश्यक पूर्वाधार निर्माण नहुँदासम्म शुल्क उठाउन बन्द गर्न समेत माग गरेको छ । ‘पहिले पार्किङ गर्नका लागि उचित ठाउँको प्रवन्ध गरिनुप¥यो’, जिफन्ट अध्यक्ष मेघ बहादुर न्यौपानले भने,‘ पोखराका सडकवाट सवारी पार्किङ शुल्क मनपरि रुपमा उठाउन पाईँदैन ।’ कुन ठाउँमा कस्ता सवारी साधन पार्किङ गर्ने हो भन्ने एकिन नहुँदा पोखराको साँगुरो सडक अझै अव्यवस्थित बनेको उनको ठम्याई छ ।
यात्रु चडाउने र ओराल्ने स्थानसम्म नतोक्दा सबैलाई समस्या परेको न्यौपानेले बताए । पोखरा उपमहानगरपालिकाले केही महिना अगाडी मात्र पोखराका सडकमा नो पार्किङ क्षेत्र बाहेक सबै क्षेत्रमा पार्किङ शुल्क उठाउन पाउने गरी निजी कम्पनीलाई ठेक्का दिएको थियो ।

Comments are closed.