पूर्व गृहमन्त्रीहरुको बोली र ब्यवहार दुवैमा शक्ति प्रदर्शन 

संविधानमा धर्मनिरपेक्षता राखिए धार्मिक युद्ध हुन्छ, त्यसको नेतृत्व म गर्छु ।

खुमबहादुर खड्का, पूर्व गृहमन्त्री

सनातन हिन्दू राष्ट्र नलेखि संविधान बन्न दिइन्न ।

कमल थापा, अध्यक्ष राप्रपा नेपाल तथा पूर्व गृहमन्त्री

पृथ्वीनारायण शाह र महेन्द्र राष्ट्रवादी राजा हुन् ।

बामदेव गौतम, गृहमन्त्री

माथि उल्लेखित तीन पूर्व गृहमन्त्री समेत रहेका नेताहरुका भनाई उल्टो गंगा बगाउने अभियानमा केन्द्रीत छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा भएको ८ बर्ष पछि खुमबहादुर खड्का र कमल थापा सनातन हिन्दू राष्ट्र घोषणाको माग गरिरहेका छन् । खड्का यसैकालागी नयाँ संगठन गरिरहेका छन् भने थापा रथ यात्रामा ।

Khum-Bahadur-Khadka

खुमबहादुर तिनै राजनीतिज्ञ हुन् जसले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पुष्टि भएर डेढ बर्ष जेल सजाय भोगी सकेकाछन् । नेपाली कांग्रेसका नेता खड्का जेkamal-thapaलवाट छुट्दा हजारौं कार्यकर्ता उपस्थित भएर उनलाई स्वागत गरेका थिए । भ्रष्टाचारको मुद्धामा अदालत धाउँदा समेत उनले न्यायलयभित्रै शक्ति प्रदर्शन समेत गरेका थिए । आफ्नो काममा कहिल्यै सफल नभएपनि कमल थापाले जहिल्यै गणतन्त्रवादीहरु सामु हुंकार प्रदर्शन गरिरहेका छन् ।

तीन पटकका गृहमन्त्री बामदेव गौतम यतिवेला बेमौसमी बाजा बजाईरहेका छन् । उनी गणतन्त्र नेपाल भनेर नयाँ संविधानमा लेख्ने वेलामा राजसंस्थाको प्रसंसामा रमाउन थालेकाछन् । उनी पृथ्वीनारायण शाह–महेन्द्रलाई राष्ट्रवादी र वीरेन्द्रलाई लोकप्रिय राजाको संज्ञा दिएर भाषण गर्दैछन् । गौतमले मुलुक निर्माणमा राजाहरुले गरेको योगदानको इतिहासले हमेसा स्मरण गरिरहने समेत बताएका छन् । यतिमात्र होइन, उनले भनेका छन् “आधुनिक नेपाल निर्माणका दृष्टिले पृथ्वीनारायण शाह र महेन्द्रलाई कहिल्यै बिर्सन सकिंदैन । पूर्वराजाहरुको शालिक निर्माणको योजनामा सरकार रहेको छ ।”

bamdev

मधेसमा विजयकुमार गच्छदारको दादागिरी राम्रैसँग चल्छ । मधेस आन्दोलनवाट जन्मिएर स्थापित भएका नेता उपेन्द्र यादवलाई विना एजेन्डा टक्कर दिनु चानचुने काम थिएन । तर, तत्कालकालागी नै सही उनी सफल भएका छन् । मधेसमा राजनीतिक गरेर उपप्रधान तथा गृहमन्त्री हुने उनी एक मात्र नेता हुन् ।

एकपटक गृहमन्त्री भएपछि सफलता हात पार्दैजाने नेताहरुको नाम धेरै छ । यसक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको नाम अग्रपंक्तिमा आउँछ । शेरबहादुर प्रजातन्त्र प्राप्तपछि ०४८ सालमा बनेको गिरिजा सरकारमा र ओली एमालेको पहिलो तथा सफल सरकार (०५१ साल) मा गृहमन्त्री भएका थिए ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पनि गृहमन्त्री भइसकेका छन् । नेपाली काग्रेसवाट गृहमन्त्री हुनेमा पूर्णबहादुर खड्काको नाम पनि उल्लेख्य छ । तर सवैभन्दा चतुर गृहमन्त्रीमा पर्छन् कांग्रेसका महामन्त्री कृष्ण सिटौला । उनको सफलतामा राजनीतिक चातुर्यता मूख्य रहेको पाईन्छ ।

त्यसैगरी एमालेका उपाध्यक्ष भीम रावल पनि माधव नेपाल सरकारका गृहमन्त्री हुन् । माओवादीवाट पनि दुई नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा गृहमन्त्री बने । तर छाटो समयकोलागी यी दुई नेताले यो पद पाएकाले काम देखाउन पाएनन् । अथवा स्थापित हुन सकेनन् । यतिभएर पनि महरा पुलिस–प्रशासनमा प्रशंसित छन् ।

गृहमन्त्री भएपछि खासगरी पुलिस–प्रशासनसँगको संवन्ध घनिष्ट बन्छ । सुरक्षा संवन्धि कुरामा जानकारी मात्र दिंदैन, अनुभव पनि दिन्छ । देशभरीका डनहरुसँग पनि संवन्ध बन्छ । त्यो भन्दा पनि देशी तथा विदेशी एजेन्सीहरुसँगको संवन्ध धनिष्ट बन्छ ।

सायद यही कारण असफल गृहमन्त्रीहरुपनि पार्टीगत हैसियत बढाईरहन सफल छन् ।

यी हुन्

शेरबहादुर देउवा
केपी शर्मा ओली
बामदेव गौतम
कृष्णबहादुर महरा
खुमबहादुर खड्का
कमल थापा
विजयकुमार गच्छदार
रामचन्द्र पौडेल
नारायणकाजी श्रेष्ठ
कृष्णबहादुर महरा
भीम रावल
पूर्णबहादुर खड्का

Comments are closed.