पूर्व वडाध्यक्ष पौडेलको निधन

१५ चैत्र पोखरा

नेकपा एमाले साविक कालिका गाविस वडा नम्बर ४ का वडाध्यक्ष विष्णुहरी पौडेलको ७७ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ रहनुभएका पौडेलको आफ्नै निवास पोखरा २८ विमिरापानीमा सोमबार साँझ ७ बजे निधन भएको हो । उहाँ नेकपा एमालेको राजनीतिमा क्रियाशिल हुँदै सामाजिक क्षेत्रमा अग्रसर हुनुहुन्थ्यो ।

स्व. पौडेलका दूई श्रीमती, एक छोरा र पाँच छोरी रहनुभएको छ । पौडेलको मंगलबार पोखराको रामघाटमा धार्मिक परम्परा अनुसार अन्तेष्टि गरिएको छ ।

उहाँको पार्थिव शरिरमा नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, केन्द्रिय प्रतिनिधि परिषद सदस्य दामोदर वैरागी, पोखरा महानगरकमिटी अध्यक्ष दिलिप न्यौपाने, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्री लगायतले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धान्जली अर्पण गर्नुभयो ।

Comments are closed.