पृथ्वीचोक क्षेत्रमा प्लाष्टिकका डिभाईडर

पोखरा ४ बैशाख ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीचोकदेखि चाईनापुल जाने बाटोमा प्लाष्टिकको डिभाईडर प्रयोग गरेको छ । पोखरा बस व्यवसायी समितिले प्रदान गरेको प्लाष्टिकका डिभाईडर ट्राफिकले बिहीबारदेखि पृथ्वीचोक क्षेत्रमा प्रयोगमा ल्याएको हो ।

डिभाईडरमा ठोक्किएर दुर्घटना भईहाले पनि क्षति कम हुने भएकाले प्लाष्टिकको डिभाईडर प्रयोगमा ल्याईएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक श्यामु अर्यालले जानकारी दिए ।यसअघी बिहीबार नै पोखरा बस ब्यबसायी समितिका अध्यक्ष रमेशप्रसाद गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामु अर्याललाई ६० हजार बराबरको प्लाष्टिकका डिभाईडर हस्तान्तरण गरेका थिए ।

Comments are closed.