पृथ्वीनारायण क्याम्पसमा “आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न”

पोखरा हटलाईन

पृथ्वी नारायण क्याम्पसमा एशोसिएसन अफ सि एस आइ टी स्टुडेन्सद्वाराआइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्नभएको छ।प्रतियोगितामा माउण्ट अन्नपुर्ण क्याम्पसको टिम Mac 6.2 बिजेता भएको छ। पृथ्वी नारायण क्याम्पसको टिम Crowd 3 दोस्रो भएको भने माउण्ट अन्नपूर्ण क्याम्पसकै अर्को टिम Mac 6.1 तेस्रो भएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं Bsc CSIT का कार्यक्रम निर्देशक मिनराज लम्साल रहनुभएको थियो। यसरी नै अतिथिको रुपमा चुडामणि सुवेदि, हिमलाल पराजुली, होमनाथ शर्मा, देविलाल तिमील्सिना, रसिक न्यौपाने, शंकर लामिछाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्यमा संस्थाका उपाध्यक्ष उज्जवल पौडेलले आइ टि विद्यार्थीहरुको बिचमा एउटा सुमधुर सम्बन्ध बनाउनकालागि संस्थाले विद्यार्थीहरूका निम्ति फलदायी हुने कार्य‍क्रमहरु ल्याइराख्ने विद्यार्थीहरुलाई एकीकृत बनाउने कुरा राखेका थिए।

कार्यक्रमको प्रायोजकका रुपमा सोच कलेज अफ आइ टी, माउण्ट अन्नपूर्ण क्याम्पस, मेरो चित्र वेर्यस   Xdezo ग्रुप रहेका थिए भनेफुड पार्टनरका रुपमा नेवारी किचन स्पाइसि किचन रहेका थिए।

कार्यक्रमको अध्यक्षता गरिरहेका एसिएसका अध्यक्ष केशव बाँनियाले कार्यक्रमलाई सफलता पुर्वक सफल बनाउनका निम्ति भुमिकाखेल्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमको संचालन कृति ढकाल आशा थापाले गरेकाथिए।

Comments are closed.