पृथ्वीनारायण क्याम्पसले नचाहेका कारण निर्वाचन नहुने विद्यार्थी संगठनको आरोप

पोखरा, चैत १ गते । विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको महत्त्व रहेको बताउदै पृथ्वीनारायण क्याम्पस प्रशासनले नचाहेका कारण चैत ५ गते निर्वाचन नहुने अवस्था आएको आरोप नेताहरुले लगायतका छन ।

प्रेस क्लब गण्डकीले आज पोखरामा आयोजना गरेको स्ववियुको आवश्यकता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख राजनीति दलसंग आबद्ध संगठनका नेताहरुले क्याम्पसहरुमा प्राज्ञिक वातावरण सिजना, विद्यार्थीहरुका समस्याका समाधान गर्दै राजनीति चेतनाको विकासका लागि स्ववियुको आवश्यकता रहेको दावी प्रस्तुत गरे । उनिहरुले स्ववियु निर्वाचन आवश्यक रहेको बताउदै पृथ्वीनारायण क्याम्पस प्रशासन र निर्वाचन समितिले निर्वाचन गर्न नचाहेको आरोप समेत लगाएका छन ।

क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०निवार्चन गराउन विभिन्न बहाना देखाएर रोक्न खोजेको दावी गरे कार्यक्रम सहभागि विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले निवार्चनमा तदारुकता नदेखाएको बताए।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले क्याम्पस प्रशासनले निर्वाचनलाई अनावश्यक टाउको दुखाइको विषय बनाएको भन्दै क्याम्पस प्रमुखले विद्यार्थी संगठनहरुलाई छलफलमै नबोलाएको बताए ।

उनले क्याम्पसको प्रमुख भुमिका रहेको र त्यसका अलावा निर्वाचन समिति, विभिन्न विद्यार्थी संगठन र ती संगठन बाहिरका अमुक राजनीतिक पात्रहरुका कारण क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको आरोप लगाए । उनले पृथ्वीनारायण क्याम्पसका सबै कम्युनिष्ट घटक विद्यार्थी संगठनहरुलाई एक ठाउँमा उभिएर निवार्चन आएपनि एक्लै सामना गर्न तयार रहेको बताए ।

अनेरास्वियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसमा स्ववियु नहुदा शैक्षिक विकृती बढेको बताए । स्ववियू नहुँदा क्याम्पसका विद्यार्थीहरुको समस्याको समाधान नभएको भन्दै तत्काल निवार्चन गर्नुपर्नेमा जोड दिए ।

एकिकृत समाजबादी निकट अनेरास्वीयुका नेता सन्तोष न्यौपानेले क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुह वनाएर निवार्चन भाड्न खोजेको संकेत गरे । वर्षमा ११ महिना प्राज्ञीक विद्यार्थी परिषद र निवार्चन आउदा स्वतन्त्र समुह बनाएर अदालत जानु निवार्चन हुन नदिने षड्यन्त्र गरेको आरोप समेत लगाए । उनले सबै विद्यार्थी संगठन मिलेर स्ववियु निवार्चन गराउन आवश्यक रहेकोमा जोड दिए ।

स्वतन्त्र विद्यार्थी समुह पृथ्वीनारायण क्याम्पसका सचिव विप्लवी न्यौपानेले आफुहरुले विधान अनुसार नै समुह खडा गरेको बताइन । निवार्चन समितिले गलत नियत राखेर नाम परिर्वतन गरेको भन्दै अदालत गएको बताइन ।

उनले अन्य राजनितिक दलका संगठनहरुले जस्तो फोहोर र अनैतिक राजनीति गर्न आफुहरु मैदानमा नहोमिएको जिकिर गरिन ।

अखिल क्रान्तिकारीका सचिन सिले क्याम्पसको स्ववियू निर्वाचन समितिले कार्यलयबाट डाटा लिक गरेका कारण निर्वाचन नभएको बताए ।उनले प्रविधिको धेरै प्रयोग भइरहेको बेलामा डाटा दिने व्यक्तिको खोजी गरि कार्वाही अगाडि बढाए ताला खोल्न तयार रहेको बताए । उनले त्यसका लागि क्याम्पस प्रशासनले चासो नदिएको आरोप लगाए ।

पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले विद्यार्थी आन्दोलन सिथिल बनेको बताउदै निर्वाचन गरेर विद्यार्थीका माग र मुद्दामा केन्द्रीत हुन आग्रह गरिन ।
कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष र सञ्चालन सचिव गौरब त्रिपाठीले गरेको थिए ।

Comments are closed.