पृना इतिहास तथा संस्कृति विभागद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा, १ चैत

इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नाकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए ।
डा. दीर्घमान गुरुङले विद्यार्थीलाई सक्रिय र क्रियायाकलापमुखी बन्न अनुरोध गर्दै इतिहास विगतका ज्ञानको व्यवस्थित निरन्तरता भएकाले भरपूर उपयोग गर्न सुझाव दिएका छन ।

सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले आलोचनात्मक चिन्तन गर्न सक्ने, समसामयिक क्षमता र कौशल भएका जागरुक नागरिक बन्न सकिने भएकाले इतिहास विषयको रोजाई सही भएको उल्लेख गरेका छन । भण्डारीले अब राजा महाराजाको वृतान्त भन्दा समयसापेक्ष विषयमा ज्ञान लिन जरुरी रहेकोमा जोड दिएका छन ।

उपप्राध्यापक चन्द्रकान्त पौडेलले सही तरिकाले इतिहास पढ्न सक्यौं भने उपयोगी र ऐतिहासिक काम गर्ने बानी बसाल्ने बनाए । सूचनाको स्रोत पत्ता लगाउन र तिनको समीक्षा गर्न उनीहरू बढी निपुण हुने र प्रमाण तथा कथनहरूको सत्य पहिचान र मूल्याङ्कन गर्ने तरिका पनि उनीहरूले जान्ने बताएका छन ।

उपप्राध्यापक नारायणप्रसाद ढकालले इतिहास तथ्य र प्रमाणसहित हुने र विनातथ्य इतिहास नबन्ने भएकाले सही शिक्षा नै इतिहास भएको ठम्याए । उनले विश्वमा इतिहासको महत्व झन् झन् बढिरहेको उल्लेख गर्दै विश्वभर सबै विश्वविद्यालयहरूमा इतिहासको पढाइ हुने उल्लेख गरेका ।

इतिहास विषयका प्राध्यापकहरूले पछिल्लो समय इतिहास विषयमा फेरि चाख बढ्दै गएको र विद्यार्थीको संख्यामा वृद्धि भएकोमा खुशी व्यक्त गरेका छन् ।

Comments are closed.