पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब एक लिटर पेट्रोलको १८० रूपैयाँ

८ जेठ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्ने छ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्ने छ ।
हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

Comments are closed.