पेस्तोल सहित मानिस पक्राउ

बागलुङ ,
बागलुङ जिल्ला  बडिगाड गाउँपालिका – ५ ग्वालिचौर बस्ने वर्ष ४० को श्याम बहादुर रेश्मीको साथबाट पेस्तोल बरामद भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।मिति २०७८।१२।१६ गते अन्दाजी ०९:३० बजे सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निजको घरमा गई खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा made in japan लेखेको अटोमेटिक पेस्तोल फेला परेको हो।रेश्मीको घरबाट १ थान म्यग्जिन र ४ राउण्ड गोली सहित नियन्त्रणमा लिईएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ।

Comments are closed.