पोखरा, २१ साउन / पोखरा उपमहानगरपालिकामा पत्रकार महासंघ कास्कीको लेटर प्याड दुरुपयोग गरेर एउटा कार्यक्रमका लागि रकम निकासा भएको खुलासा भएको छ । पोउमनपाको सहयोगमा शुक्रबार कास्कीको छिमेकी जिल्लाको रमणीय स्थल बन्दीपुरमा एउटा अन्र्तक्रिया कार्यक्रमको आयोजना हुँदैछ ।
उक्त कार्यक्रममा पत्रकार महासंघको सिफारिस रहेको पोउमनपाका प्रमुख उदयबहादुर राना वताउँछन । तर, त्यसका बारेमा पत्रकार महासंघका जिम्मेवार पदाधिकारी अध्यक्ष, उपाध्यक्ष र सचिवलाई कुनै जानकारी छैन ।
पोउमनपाले छुट्टाउने संचार क्षेत्र प्रर्वद्धन कोषको रकम पत्रकार महासंघ कास्कीको सिफारिसमा खर्च हुने परम्परा केही बर्षदेखि छ । यो बाध्यकारी भने हैन ।
साथै पोखरामा पर्यटन क्षेत्र ओरालो लाग्यो भनेर यहाँका व्यवसायीहरुले आवाज उठाइरहेका बेला पोखरेलीको करबाट, उठेको रकम बेजिल्लामा गएर खर्च गर्ने तयारीमा पोखरा उपमहानगरपालिका छ ।
स्मरणीय त के छ भने पत्रकार महासंघ कास्कीले पोखराको पर्यटन प्रर्वद्धनका लागि बिभिन्न जिल्लाको भ्रमणको कार्यक्रम राख्ने प्रस्ताव लैजादा पोखरा उपमहानगरपालिकाले अस्विकार गरेको थियो । बरिष्ठ अधिकृत ओमराज पौडेलले जिल्ला बाहिरको कार्यक्रमका लागि सहयोग दिन नमिल्ने वताएका थिए ।
गोष्ठी संचालन गर्न भने नगरपालिकाले पैसा दिएको छ । नगरपालिकाका लेखा प्रमुख तोरण कुँबरका अनुसार कार्यक्रमका लागि एक लाख पेश्की निकासा भइसकेको छ ।
नगरपालिकाले बनाउने संचार नीतिका बारेमा छलफल गर्ने भनिएको कार्यक्रमका बारेमा पोखराका अग्रज पत्रकारहरुनै अनबिज्ञ छन् । पोउमनापाका हाकिम र बरिष्ठ भन्नेहरुले जनताको पैसा कसरी मकै बाँडेझै बाड्छन् भन्ने गतिलो उदाहरण यो बनेको छ ।
Comments are closed.