पोउवासंघको अध्यक्षमा पालिखेको प्यानल सहित प्रतिबद्धतापत्र सार्वजनीक

पोखरा २५ भदौ । पोखरा उद्योग बाणिज्य संघको आगामी ३१ औं महाधिवेशन मर्फत अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखेले समावेशी टिमको नाममा चुनावी प्यानल सार्वजनिक गरेका छन् ।राजनीतिक र जातिय र लैङ्गिक आधारमा सवावेशी उमेदवार समावेश गरी टिम तयार गरिएको उनको दावि छ । पालिखे प्यानलको बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य तर्फ केदार नाथ भट्टराई , महासचिवमा दामु अधिकारी, कोषाध्यक्षमा पवन प्रजापती, उपमहासचिवमा नविन वराल छन् ।
त्यस्तै सदस्यहरुमा सीता बराल, गीता तिवारी, अनिल सिग्देल, किसान सुनार, देबकृष्ण काफ्ले, प्रेम प्रसाद पौडेल, प्रेम बहादुर भूजेल, पवित्रा गुरुङ, यदुनाथ अधिकारी र सुरेन्द्र बिजुक्छे छन् । ब्यवसायीक र नेतृत्व क्षमताको रुपमा आफ्नो टिम मजवुद रहेको उनले बताए ।शुुक्रवार पत्रकार सम्मेलन गरी पालिखेले प्यानल सहित सम्पूर्ण टिमको तर्फबाट १० बँुदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । संघको महाधिवेशन भदौ ३१ र असाज १ मा हुदैछ ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवारका विश्वशंकर पालिखेले आफनो प्रतिबद्धता समेत सार्वजनीक गरेका छन् । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण देखि पोखरालाई सुरक्षित र सफा बनाउने चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । उनले आफु २०६१ सालमा अध्यक्षमा निर्वाचन उठदा पनि विमानस्थलको निर्माणको एजेण्डा उठाएको र अहिले पनि आफनो पहिलो एजेण्डा विमानस्थल निर्माणकै रहेको बताए । उनले समयमै निर्माण सम्पन्न गर्न र संचालनमा ल्याउन आवश्यक भुमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए । पालिखेले पोखरालाई उद्योग बाणिज्य संघ, हाम्रो संस्था हाम्रा लागी हुनुपर्ने बताए । उनले ब्यवसायीकासवैखालेका समस्या निकराकणका लागी पोखरा उद्योग बाणिज्य संघलाई अग्रणी बनाउदै संस्थागत रुपमै नीतिगत रुपमै समस्या समाधानका लागी आफनो टिमले पहलकदमी लिने बताए ।
संघको गरिमालाई उच्च राख्दै सम्पूर्ण उद्योगी ब्यवसायहरुको, हित र मर्यादाको संरक्षण गदै समृद्ध पोखराको महान अभियानप्रति प्रतिबद्ध रहेको समेत बताए । उनले समृद्ध पोखरा सपना भएको बताउदै पोखराको समग्र विकास गुरु योजना, प्रारुप र त्यसको प्रभावकारी कार्यान्वयनको खाका बनाएर अभियान सञ्चालन गर्न सकेसमृद्ध पोखरा सम्भव छ भन्ने हाम्रो बुझाई रहेको र यसका लागी कटिबद्ध रहेको बताए । पालिखेले पोखराको ४ नम्वर प्रदेशको राजधानी भएकाले समृद्ध, प्राकृतिक श्रोत साधनले सम्पन्न पर्यटन, जलविद्युतको प्रचुर सम्भावितर विप्रेषणका दृष्टिले मनि अत्यन्त महत्पूर्ण प्रदेशका रुपमा राष्टिय विकासमा निर्णार्यक भुमिका रहने बताउदै पोखरा समृद्ध र बनाउनेमा दृढ रहेको बताए । सरकारले उठाउने घर बहाल कर ब्यवस्थित बनाउन आवश्यक छ र यसका लागी प्रतिबद्ध रहेको उनले पत्रकार सम्मेलनमा बताए । अध्यक्षका उम्मेदवार पालिखेले नयाँ योजना समेत ल्याए । उनले सम्पूर्ण ब्यवसायीहको सामुहिक विमा तथा हेल्प डेस्कको प्रभावकारी बनाउने चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् । उनले ब्यवसायीहरु आफना काममा ब्यस्त हुन्छौ तर कहिलेकाही अकल्पनीय दुर्घटना पनि हुनसक्छ, त्यस्तो बेला सहयोगको आवश्यक पर्छ, त्यसैले सवै ब्यवसायीहरुको सामुहिक विमा गर्न सके सम्भावित दुर्घटना भइहालेमा थोरै भएपनि राहत मिल्ने विश्वास ब्यक्त गर्दछु उनले भने ।

Comments are closed.