पोखराअन्तराष्ट्रीय विमानस्थलको भोली प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने, पोखरामा सार्वजनिक विदा

पोखरा,

बिगत पाच दशक देखी प्रतिक्षारत राष्ट्रीय गौरबको योजना पोखरा अन्तराष्ट्रीय बिमानस्थलको उद्घाटन भोली प्रधान मन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ द्वारा हुँदैछ ।प्रधानमन्त्री दाहालले भव्य समारोहकाबीच अपराह्न ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन कार्यक्रमलाई भव्य बनाउन र व्यापक जनसहभागिताका लागि पोखरा महानगरले भोली पुस १७ गते महानगरमा सार्वजनिक बिदा दिएको छ ।पोखरा महानगरपालिकाको बिशेष संयोजन र सहयोग रहेको उद्घाटन कार्यक्रम भब्य रुपमा सफल पार्नको लागी महानगरले उद्घाटन अगाडी बिभिन्न सरोकारवालाहरु संग छलफल र सहकार्य कार्यक्रम हरु सम्पन्न गरेको छ ।यसै क्रममा आज पोखरा महानगरले पत्रकार सम्मेलन आयोजना गर्‍यो । पत्रकार भेटघाट कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्य र उप- प्रमुख मन्जु देबी गुरुङ ले सम्पुर्ण नगरबासिहरुलाई पोखरा अन्त राष्ट्रीय बिमनस्ठलको उद्घाटन कार्यक्रममा उपस्थित भई उद्घाटन कार्यक्रमलाई उत्साहजनक बनाउन आग्रह गरेका छन ।

Comments are closed.