पोखराका डाक्टरहरु बिरोधमा

डाक्टरहरु कालो पट्टी सहित अस्पतालको सेवामा

उत्तम पौडेल
पोखरा हटलाईन

जेठ १९,पोखरा

काठमाडौंको  जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि गत जेठ ११ गते भएको कुटपिटको बिरोधमा पोखरा का डाक्टरहरुले एक्यबद्दता जनाएका छन ।सोमबार पोखराका बिभिन्न अस्पतालका आवासिय डाक्टर ,मेडिकल अफिसर तथा इन्टर्न डाक्टरहरु कालो पट्टी सहित अस्पतालको सेवामा उपस्थित भए ।चिकित्सकलाई कार्यस्थल मा कुट्पिट गरी सिसी टि भि फुटेज समेत लुकाइएको घटनालाई लिएर घटनाको न्यायिक छानबिन गरी दोसिलाई कारबाही हुनुपर्ने माग राख्दै आवासिय डाक्टर ,मेडिकल अफिसर तथा इन्टर्न डाक्टरहरुले हातमा कालो पट्टी बाधेर बिरोध जनाएका हुन । लगातार स्वास्थ्य कर्मीहरु माथि आक्रमण भैरहदा समेत सरोकारवाला निकायको उचित ध्यान पुग्न नसक्नु दुखको कुरा भएको बिरोध कार्यक्रमका सहभागी गण्डकी मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर दमन ध्वज बुढाथोकिले भने ।बिरोध तथा एक्यबद्दता कार्यक्रमका अर्का सहभागी डाक्टर पर्मानन्द अधिकारिले स्वास्थ्यकर्मी तथा चिकित्सक हरु कार्यस्थल मा नै असुरक्षित भैरहनुले पेशामैत्री वतावरण महसुस गर्न नसकिएको गुनासो गरे । बिरामिकाआफन्तहरु द्वारा स्वास्थ्यकर्मी हरु माथि बिभिन्न बहानामा कुटपिट हुँदा हातपात गर्नेलाई तुरुन्तै रिहा गरिनुले पनि यो समस्या बढीरहेको ले ‘jail witout bail’ अथवा दोसिलाई तारेख मा नछाडी सिधा जेल पठाउनु पर्ने उनिहरुको माग रहेको छ । ‘युवा चिकित्सक सङ्घ्’ गण्डकी प्रदेश का उपाध्यक्ष डाक्टर राम अधिकारी ले दशकौ देखी पेशागत इमान्दारिता तथा जिम्मेबारीमा अब्बल रहेको स्वास्थ्य क्षेत्र असुरक्षित हुनुमा सबैको ध्यान जानु अत्यन्त जरुरी रहेको कुरामा जोड दिए । त्यस्तै नेपाल मेडिकल एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष प्रोफेसर डाक्टर निर्मल लामिछानेले नेपाल मेडिकल कलेज मा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको छानबिनको लागी गठित केन्द्रिय स्तर को छानबिन समितिले निस्पक्ष छानबिन गरी दोसिलाई कारबाही हुने कुरामा आफु आसाबादी रहेको जनाए ।

Comments are closed.