पोखराका डाक्टर हरुको मौन बिरोध सभा

उत्तम पौडेल
पोखरा हटलाईन
असार,१८

 

पोखरा तथा आसपासमा सेवारत ७५ जना डाक्टरहरुले बिहिबार बिहान जिल्ला प्रशासन कार्यालय कास्किको कार्यालय अगाडी मौन धर्ना तथा बिरोध कार्यक्रम गरे ।नारा जुलुस बिना १ घण्टा को लागी आयोजना गरिएको बिरोध कार्यक्रम बिहान ९ बजे देखी १० बजे शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो ।कार्यक्रम को आयोजना ‘युवा चिकित्सक सङ्घ्’ गण्डकी प्रदेशले गरेको थियो ।

   कोरोना माहामारी जस्तो सम्बेदनशिल समयमा पनि अग्र पङ्तीमा रही जोखिम पुर्ण जिम्मेवारी निर्वाह गरिरहेका चिकित्सका हरु माथि को कार्यस्थल मा नै हुने गरेको आक्रमणको बिरोध तथा केहि दिन अघी बिर्तामोडमा भएको चिकित्सक माथीको आक्रमणको बिरोधमा एक्वेबद्दता को लागी बिरोध कार्यक्रम गरिएको ‘युवा चिकित्सक सङ्घ्’,गण्डकी प्रदेशका अध्यक्ष डा. बिजय पाण्डेले पोखरा हटलाईनलाई जानकारी दिए । बिरोध कार्यक्रमका सम्योजक तथा सङ्घ का सचिब डा. सन्जिब बस्नेतले आस्पतालमा नै कानुन हातमा लिने गरी चिकित्सक माथि कार्यस्थलामा नै आक्रमण हुनु कानुनी राज्यको नै उपहास भएको बताए  ।

त्यस्तै कार्यक्रमका सन्चालक तथा युवा चिकित्सक सङ्घ्,गण्डकी प्रदेशका उपाध्यक्ष डा. राम अधिकारिले ‘Jail without bail ‘ अथवा चिकित्सक माथि आक्रमण गर्नेलाई सिधै जेल चलान गर्ने कानुन जरुरी रहेको  बताए ।कार्यक्रमका सहभागी अर्का डा. सारदा के. सि. ले ड्युटी मा रहेका प्रहरि,कर्म चारी हरु माथि यस्तै प्रकार का घटना हुँदा सम्बेदनशिल कानुनी उपचार गरिन्छ तर डाक्टर हरु माथि आक्रमण हुँदा खासै गम्भिर तरिकाले नहेरिनु निश्पक्षता नभएको गुनासो गरिन ।

त्यस्तै युवा चिकित्सक हरुको बिरोधमा एक्वेबद्दता जनाउदै ‘नेपाल चिकित्सक सङ्घ्’ गण्डकी प्रदेशका सम्योजक डा. बिश्व राज दवाडिले चिकित्सक हरु माथिको लगातारको आक्रमण कुनै पनि हालतमा सहन नसकिने र यो क्रम अझै नरोकिए  सम्पुर्ण चिकित्सकाहरु शसक्त आन्दोलन गर्न बाध्य हुने बताए  ।मौन बिरोध कार्यक्रमका सहभागी तथा गण्डकी मेडिकल कलेजमा कार्यरत अर्का चिकित्सक डा. राजेन्द्र नेपालीले युवा चिकित्सक हरुको बिरोध गर्ने शैली को प्रशम्सा गर्दै चिकित्सक हरु माथि दिनानु दिन बढ्दै गैरहेको आमानविय ब्यबहारले सम्पुर्ण स्वास्थ्य क्षेत्र नै हतोत्साहीत भएको र यस तिर सम्बन्धित निकायको तुरुन्त ध्यान जानु जरुरी रहेको बताए ।

Comments are closed.