पोखराका तीन वडाका केही स्थान राती १२ बजेदेखि सिल

पोखरा हटलाईन

पोखरा,

भदौ १९ गते

कोरोना संक्रमण बढेपछि पोखराका तीन वडाका केही क्षेत्र शुक्रबार रातिदेखी एक साता सिल गरिएको छ । शुक्रबार राती १२ बजेदेखि भदौ २६ गते राति १२ बजेसम्मका लागि शिल गरिएको हो ।पोखरा वडा नं १०,१२ र १३ का वडाध्यक्षहरुले शुक्रबार संयुक्त सूचना जारी गरी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन र कोरोना नियन्त्रणमा सहजता ल्याउनका लागि शिल गर्ने निर्णय गरिएको जनाएका छन् ।वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, १२ का वडाध्यक्ष रामबहादुर कार्की तथा वडा नं १३ का वडाध्यक्ष लेखबहादुर तामाङले स्वास्थ्य सेवा बाहेका अन्य सेवाहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् । खाद्यान्न पसल भने विहान ११ बजेदेखी २ बजेसम्म सञ्चालन हुनेछन् ।

यसैवीच पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको बैठकले पोखरा महानगरपालिकाले कोरोना संक्रमित बढेका क्षेत्रमा पाँच दिन सिल गर्ने निर्णय गरेको थियो । समितिको बैठकले कन्ट्रयाक्टटेसिङ सम्पन्न नहुदाँसम्म पोखरा महानगरपालिका वडा नम्वर १०, १२ र १३ का वडाका केही स्थानलाई पाँच दिनसम्म सिल गर्ने निर्णय गरेको थियो ।पोखरा १० को स्वर्णीम टोल, वडा नं.१२ को मियाँपाटन र अन्नपूर्ण टोल, वडा नं. १३ को लालीगुराँस टोल र संगम टोल, विपि मार्ग  कोरोना संक्रमित बढेको भन्दै पाँच दिन सिल गर्न निर्णय गरेको थियो । समितिको निर्णय लगत्तै पोखरा महानगरले जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्र लेख्दै सुरक्षाको व्यवस्था मिलाउन र वडाहरुलाई जोखिम देखिएका क्षेत्रहरु सिल गर्ने ब्यवस्था गर्न वडा अध्यक्षहरुलाई पोखरा महानगरले पत्राचार गरेको  हो । त्यस्तै पोखरा महानगरको कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिले पोखरामा जारी लकडाउनलाई निरन्तरता दिदै डेण्टल क्लिनिक समेत खोल्न नपाउने सुचिमा समावेश गर्न अनुरोध गरेको छ । पोखरा महागनरको सिफारिसमा गत भदौ ३ गतेदेखि १२ गतेसम्म  निषेधाज्ञा जारी भएको थियो । भदौ १३ गतेबाट निषेधाज्ञा खुकुलो बनाउदै भदौ २० गतेसम्म सार्वजनीक सवारी साधन, ब्यूटीपार्लर, जिम हाउस, फुटसलहरु र धेरै भिडभाड हुने स्थानहरु सञ्चालनमा रोक लागउने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको समय शनिबार समाप्त हुदैछ ।

Comments are closed.