हटलाइन संबाददाता
नागोया, असार ७ गते
पोखराका ऋद्धिन्द्र गिरी(शंकर)ले गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बिगत १२ बर्ष देखी जापानमा ब्यबसायमा संलग्न गिरीले उम्मेदवारी घोषणा गरेका हुन् । अहिले सम्म गिरी बाहेक अरु कसैले पनि उपाध्यक्षमा आफ्नो दाबेदारी पेश गरेका छैनन्
कास्कीको निर्मलपोखरीमा जन्मेका गिरीको घर पोखराको रत्नचोकमा हो । पोखरा कंपनी मार्पmत जापानका विभिन्न ठाउँमा रेष्टुरेण्ट संचालन गरीरहेका गिरी सम्सरा रेष्टुरेण्टका उपाध्यक्ष पनि हुन् ।
उनी जापानको नागोयामा ब्यबसाय संचालन गरीरहेका छन् ।
नेपाली कफीलाइ जापानमा निर्यात गर्ने पहिलो नेपाली व्यबसायी समेत रहेका गिरी सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । सानो उमेरमै जापान छिरेर ब्यबसायमा सफलता पाउने र नेपालीहरुलाइ आइपर्ने समस्यामा सहयोग गर्नेमा उनको नाम अग्रणी स्थानमा रहेको छ ।
Comments are closed.