पोखरा एक पर्यटकीय शहर हो यो सबैले भन्दै र मान्दै आएको कुरा हो । जसरी प्राकृतिक रुपमा मनोरम र सुन्दर छ यो शहर, त्यही रुपमा व्यवस्थित र भएका संरचनाको सरंक्षण छैन । पर्यटकीय शहर पोखरामा धेरै कुराको समस्या छ । जस्तै व्यवस्थित सडक, बस–बसपार्क, विमानस्थल,सम्पदा संरक्षण, फोहर व्यवस्थापन, दमकल, स्वच्छ खानेपानी, ढल निकास, सरकारी संयन्त्र, गैर सरकारी संस्थाबीच समन्वयको अभाव लगायत यहाँ थुप्रै समस्याका खात छन् । जुन समस्या समाधान गर्न सकिन्छ तर एकरुपता र तत्पराता छैन ।
पोखरा भन्ने वित्तिकै जोडिने प्राकृतिक सम्पदा फेवाताल अहिले मानवीय अतिक्रमण र दुर्घन्धित हुँदै गएको छ भने यसलाई धेरैले मागी खाने भाँडो बनाएका छन् तर सिङ्गो पोखराले खास फाइदा लिन सकिरहेको छैन । धेरैको यसबाटै जीवन चलेको छ त्यो राम्रो कुरा हो तर खासमा सिमित व्यक्ति र संस्थाले यसको फाइदा उठाएका छन् । पर्यटकीय गन्तव्य मध्यको एक विश्व शान्ति स्तुप पहिरोका कारण जोखिममा छ तर संरक्षणमा सम्वन्धित निकायको ध्यान जान सकेको छैन । पोखरा हेर्न र घुम्न आउने हजारौं पर्यटक झर्ने पोखरा बसपार्क व्यवस्थित छैन । व्यवस्थित गराउने कुरा लामो समयदेखि चलेपनि यो राजनीतिक चपेटामा छ । बषौंपछि अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढेपनि यो पनि राजनीति गर्नेलाई राम्रो माध्यम बनेको छ । सुरुमा मैले गर्दा विमानस्थल बन्ने भयो भन्न हतारिएका राजनीतिक दलका नेता अहिले मुआब्जाका विषयलाई लिएर अरु समस्या थप्दैछन् ।
सफा र सुन्दर मानिने पोखराको सडक खाल्डाखुल्डी र पार्कीङको समस्याले झनै कुरुप देखिन्छ । सडकमा परेका खाल्टाखुल्टी पुरीएपनि एक महिना नबित्दै फेरी उस्तै हुन्छन् र मर्मत गर्न अर्को एक वर्ष कुनुपर्ने हुन्छ । अर्कोतिर वयवस्थित पार्कीङ नहुँदा सडक अव्यवस्थित र अस्तव्यस्त छ । पैदलयात्रु हिड्न सकेत अफ्ठ्यारा सडक पार्कीङले अझ साँगुरो भएको छ । सफा र सुन्दर पोखरा फोहरको दुर्गन्धले अझै कुरुप बन्दै छ । नगरपालिकाले फोहर व्यवस्थापन गर्न सक्तैन । स्वच्छ र खानेपानीको आपुर्ती हुन नसक्दा पोखरेली हैरान छन् । उचित ढल निकास नहुँदा सेती नदि दुर्घन्धित छ भने सडक छेउका नाली गन्हाएर हिडिनसक्नु हुन्छ ।
यस्ता समस्या जहाँपनि हुन्छन् तर यी समस्याहरु इस्ता समस्या हुन जो सरकारी निकाय, राजनीतिक दल र सर्वसाधरणले चाहने हो भने समाधान गर्न सक्छन् । पोखरा जसरी आर्थिक रुपमा समृद्ध हुँदै गएको छ त्यही अनुसार यहाँ सरकारी निकायको तदारुकता, गैर सरकारी संस्थाबीच समन्वय, राजनीतिक दलमा इमान्दारीता र जिम्मेवारी, निजी निकायमा तत्परता तथा सर्वसाधरणमा चेतना र जागरुकता हुने हो भन्ने पोखरा, अझ सुन्दर पोखरा बन्ने थियो । बाहिर सफा र भित्रभित्रै फोहर भन्दै गएको पोखरा प्रेमप्रकाश मल्ल मधुकरले गएको गीत जस्तै पोखरा त साँच्चिकैको पोखरा नै रैछ भन्ने गीतले पनि सार्थकता पाउने थियो की !
Comments are closed.