पोखरा, भदौ ,
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा पोखराको सम्पत्ति भएको बताउदै यसको संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताउनु भएको छ । पोखरा ३१ म रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको २० औँ साधारणसभा तथा १० औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कोटहरुको संरक्षणका महानगरले ध्यान दिएको र नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो ।‘पोखरा तालैताल र कोटैकोटको सहर हो । त्यसैले संरक्षणका लागि नीति तथा कार्यक्रममै लेकटु लेक कोटुकोट कार्यक्रम ल्याएका छौँ ।’ उहाँले महानगरभित्र जहाँका ताल र कोट भएपनि आआफनै महत्व रहेको बताउदै सम्पदाहरुको संरक्षणका लागि महानगरको ध्यान गएको छ भन्नुभयो । उहाँले पोखरालाई पर्यटकीय सहरका रुपमा विकास गदै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गदै यस्ता कोटहरुलाई धार्मिक पर्यटकीय गतन्ब्यका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले पोखरा महानगरले पूर्वाधारमा बढि जोड दिएको बताउदै समृद्ध महानगर बनाउने गरी युवालाई स्वरोजगार बनाउन व्यवसाय प्रबद्र्धन केन्द्र, महिलालाई आर्थिक रुपमा सबल बनाउन उपप्रमुखसंग महिला कार्यक्रम, कृषिमा अनुदान लगायतका कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कडेँलले वडाभित्र तीन वटा कोट रहेको बताउदै सरक्षण गर्नुपर्ने र पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्ने खाँचो आौल्याउनुभयो ।उहाँले वडाका सडकहरुलाई स्तरोन्नति र निर्माणका लागि संघ, प्रदेश र महानगरको रकम विनियोजना भएको बताउनुभयो । पचभैया कोट देउराली संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिननाथ ढकाल, सचिव बिनोदमणी लामिछाने, कोषाध्यक्ष अमृता थापा, समाजिक ब्यत्तित्व ध्र्रुवनाथ अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कोट व्यवस्थापनमा सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
Comments are closed.