एकराज गिरी/
पोखरा, ६ माघ-
पर्यटकीय शहर पोखरामा पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दो छ । पोखरामा आउने पर्यटकलाई ध्यानमा राखेर सुविधा सम्पन्न होटलहरु निर्माण भैरहेका छन् । पर्यटक वृद्धिसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा स्तरीय र सुविधायुक्त तारे होटल थपिने क्रम पछिल्लो समय बढ्दो छ । लेकसाइड मै २२ करोडको लगानीमा चार तारे द यात्रा कोट याड एण्ड रिसोर्ट संचालनमा आउने भएको हो । उक्त रिसोर्ट फेर्बुअरीबाट संचालनमा ल्याउने तयारी भैरहेको रिसोर्टका महाप्रवन्धक अश्विनी आचार्यले जानकारी दिए । पोखराका रामचन्द्र भट्टराई र गणेश बहादुर भट्टराईको संयुक्त लगानीमा यो होटल संचालनमा आउन लागेको हो ।
रिसोर्टमा ४८ डिलक्स कोठा रहने छन् । जस मध्य एक स्वीट, दुई फेमेली र ४६ डिलक्स कोठा हुनेछन् । एक रातको स्वीट रुमको ४ सय २५ डलर, फेमेलिको २ सय ७५ र डिलक्स रुमको १ सय ७६ डलरमा उपलब्ध हुने आचार्यको भनाई छ । रिसोर्टमा स्पा कम्प्लेक्स, रेष्टुरेण्ट, ८० जना क्षमताको कन्फेरेन्स हल, एक सय जना अट्न सक्ने रेष्टुरेण्ट पनि रहेको छ । महाप्रवन्धक आर्चायका अनुसार रिसोर्टमा लिफ्टको व्यवस्था समेत रहेको छ । दोहोरो चल्ने लिफ्टबाट आउँदा र जाँदा दुवै तर्फबाट प्राकृतिक दृश्यहरु देखिने गरि जडान गरिएको उनको भनाई छ । ‘लिफ्टबाट तलमाथि गर्दा ताल र हिमालको दृश्य अवलोकन गर्न सकिन्छ भने अर्को तर्फबाट फेवातालपारि रहेको विश्व शान्ति स्तुपको दृश्य अवलोकन गर्न सक्ने गरि मिलाइएको छ’ महावन्धक आचार्यले भने । चार तारे डिलक्स होटलका रुपमा इजाजतपत्र लिएपनि पाँच तारे होटलको सुविधा रहेको छ दाबी निर्माणकर्ताको छ ।
‘रिसोर्टमा नियो क्लासिकल छ’, आर्चायले भने । जसमा पश्चिमा शैलिलाई फूजन गरी निर्माण गरिएको छ । रिसोर्टले विशेष गरि चिनियाँ र भातरीय पर्यटकलाई मध्यनजर गर्दै त्यही अनुसारको सेवा दिन लागेको हो । पर्यटन प्रर्वद्धनका लागि रिसोर्ट आफैंले भारत, चीन, हङकङ, थाइल्याण्ड र जापानमा प्रमोशन गर्ने योजना निर्माणकर्ताले बनाएका छन् ।
पोखरामा साना ठूला गरेर झण्डै साढे ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा छन् । जसमा अनुमानित ७५ अर्ब रुपैयाँ लगानी भएको पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका अध्यक्ष भरतराज भराजुली बताउँछन् । साना ठूला गरेर ३० वटा सञ्चालनको तयारीमा छन् । जहाँ ३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहने अनुमान छ ।
पोखरामा अहिलेसम्म साना ठूला गरेर झण्डै साढे ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा छन् । जुन होटलहरुमा अनुमानित ७५ अर्ब रुपैयाँ लगानी भएको पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका अध्यक्ष भरतराज भराजुली बताउँछन् । निकट भविष्यमै पोखरामा साना ठूला गरेर ३० वटा होटल सञ्चालनको तयारीमा रहेका छन् । जहाँ ३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहने अनुमान छ ।
पश्चिमाञ्चल होटल संघमा अहिलेसम्म ३ सय ५० वटा होटल तथा रिसोर्टहरु दर्ता भएका छन् । पोखरामा फुलवारी रिसोर्ट एन्ड स्पा र पोखरा ग्रान्ड होटल पोखरामा संचालित पाँचतारे होटल हुन् । पोखरामा सञ्चालनमा रहेका पर्यटकस्तरीय होटल तथा रिसोर्टमा ७ हजार रुमहरु उपलब्ध भएको अध्यक्ष पराजुली बताउँछन् । पोखराका यस्ता होटलहरुमा एकै पटकमा करिव १४ हजार जना पर्यटकले रात बिताउन सक्ने बताइन्छ ।
करिव ३० होटल निर्माणधीन अवस्थामा छन् । पोखरा भ्यालीमा भन्दा पनि आसपासको क्षेत्रमा होटलहरु निर्माण भइरहेका छन् । पोखराको बेगनासताल माथिको डाँडामा ‘रुपाकोट रिसोर्ट’ केही दिन अघिमात्र संचालनमा आएको छ । न्यूरोडमा ‘होटल गुडविल पोखरा’ बेगनासमाथिकै पचभैया डाँडामा ‘द लस्ट होराइजन रिसोर्ट’ लेकसाइडमा थोरङ्ला रिसोर्ट, सराङकोटमा जापानीको लगानीमा पाँचतारे स्तरको होटल निर्माण भइरहेका छन् । पोखरामा ठूला व्यवसायीले ठूलो लगानीमा ४ तारे होटल निर्माण गर्ने बताएका छन् । सोल्टी होटलले छिट्टै ४ तारे होटल निर्माण गर्ने बताएको छ भने लक्ष्मी ग्रुपले सोही स्तरको होटल निर्माण गर्न जग्गा खोजिमा छ ।
हाइलाइट
पोखरामा साना ठूला गरेर झण्डै साढे ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा छन् । जसमा अनुमानित ७५ अर्ब रुपैयाँ लगानी भएको पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका अध्यक्ष भरतराज भराजुली बताउँछन् । साना ठूला गरेर ३० वटा सञ्चालनको तयारीमा छन् । जहाँ ३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहने अनुमान छ ।
Comments are closed.