असोज ८ गते-
आफ्नै छिमेकी देश भएपनि चिनियाँ नायक मिङयाङलाई अहिलेसम्म नेपाल आउने मौका मिलेको थिएन । धेरै सुनेको र पढेको नेपाललाई यसै साता जियाङले राम्रोसँग नियाल्न पाए ।
पोखराको पर्यटन प्रवद्र्धन गर्न भन्दै पाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस पश्चिमाञ्चलले जियाङसहितका चिनियाँ पाहुनालाई पोखरा ल्याएको हो ।
विहीबार पोखरा आएका नायक जियाङ बिहान पोखरा आएर पोखरामा अल्ट्रालाइट र प्याराग्लाईडिङ गरे र काठमाडौ फर्किए । उनीसँगै चिनियाँ संचारमाध्यमका पत्रकार, फोटोग्राफर, मेकअप आर्टिस्ट सहित ९ जना चिनियाँ पोखरा आएका थिए ।
नेपाल ल्याउनु निकै महंगो भएपनि काठमाडौं आएको मौका पारेर आफूहरुको विशेष अनुरोधमा पोखरा ल्याएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी बताए ।
नायक जियाङले गड्स ओउन लभ दी टिकेट इज २०१२ लगायतमा अभिनय गरेका छन् । उनले सन् २००६ मा माइक्रो फिल्म फेस्टिवलमा उत्कृष्ट नायकको उपाधि हात पारेका थिए । त्यसबाहेक उनले थुप्रै उपाधि हात पारिसकेका छन् ।
Comments are closed.