पोखराको आकाश तुवाँलोले ढाक्यो, दुई दिनदेखि हवाई उडान अवरुद्ध

 

पोखरा  – पोखराको आकासमा दुई दिनदेखि (वायु प्रदूषण) तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन ।

वायु प्रदूषणका कारण (तुवाँलो लाग्दा) शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको आकाश तुवाँलोले ढाकेका कारण शुक्रबार ६ वटा फ्लाइट रद्ध भएका थिए । शनिबार आकाश खुल्ने आशा गरिए पनि दिनभर कुनै पनि उडाउ हुन सकेन भने आइतबार समेत उडान अवरुद्ध भएको छ ।पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायतका डाँडाहरू तुवाँलोले देखिका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा शुक्रबार दिउँसोदेखि पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

आज पोखरादेखि बाराको सिमरासम्म सुरु गर्ने भनिएको सिधा उडान मौसमले गर्दा स्थगित भएको उनले जानकारी दिए । आजबाट औपचारिकरुपमा सञ्चालन गरिने उडानमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्सालसहित २५ जनाको टोली सिमरा जाने कार्यक्रम तय भएको थियो चैत १५ गतेदेखि यति एअरको २९ सिटे जहाजले उडान गर्ने गरी गत माघमा प्रदेश सरकारसँग एयरलाइन्सले सहमति गरेको थियो । पोखरा विमानस्थलबाट विमान उड्न र अवतरण गर्न ५ किलोमिटर खुल्ला रुपमा देखिने हुनुपर्छ । विगत केही दिनयता पोखरामा वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । देशभर ७ सय बढी जंगलमा लागेको डढेलो र किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।

Comments are closed.