पोखराको दाह्री ग्याङद्धारा स्याङ्जाको संस्कृत गुरुकुलमा खाद्यान्न सामग्री सहयोग वितरण

पोखरा,
पोखराका युवाहरु खाद्यान्न सामग्री लिएर स्याङ्गजाको आँधिखोला गाउँपालिका(०२ काफलटारीमा अवस्थित संस्कृत गुरुकुलमा पुग्दा बेग्लै रौनक थियो। शहरी क्षेत्रदेखि केहि टाढा भएर पनि होला संघसंस्थाहरुको बिरलै मात्र नजर परेको सो संस्कृत गुरुकुलमा दारी ग्याङ पोखराले खाद्यान्न सामाग्री वितरणको जमर्को गर्दै गर्दा बटुकहरुमा छुट्टै उमंग छाएको देखिन्थ्यो । त्यस्तै,स्वस्तिबाचन सहित रुद्राक्षको मालाद्वारा स्वागत पाउँदा दारी ग्याङकै एक सदस्य समेत अन्यत्र भन्दा बिलकुलै फरक अनुभब भएको बताउंदै थिए ।
शनिबार दारी ग्याङ पोखराका युवाहरु चामल,दाल,तेल,चिनी,चिउरा लगायतका बिबिध खाद्यान्न सामग्री लिएर सो संस्कृत गुरुकुलमा पुगेका हुन् ।खाद्यान्न हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्र।अ। रामचन्द्र तिमिल्सिनाले स्यांग्जाको उत्तरी भेगमा रहेको उक्त आश्रममा पोखरा देखि आएर सहयोग गर्दा सबैलाई हार्दिक स्वागत सहित खुशी व्यक्त गरे ।कार्यक्रममा दारी ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले आफुँहरुसंग प्रशस्त पैसा भएर भन्दा पनि सबै साथिभाईहरुले खाजा खर्च कटाएर सहयोग गरेको बताए । ूदारी ग्याङ भनेको एउटा युवा सोच र अभियान भएको कारण आफुँहरुको सहयोग एउटा सांकेतिक संदेश हो ू(नी भन्दै थिए । त्यस्तै दारी ग्याङ पोखराकै संस्थापक संयोजक शेखर गौतमले आफ्नो धर्म संस्कृति र संस्कृत शिक्षा प्रवर्धन गर्न र बटुकहरुको प्रोत्साहनको लागि आफुँहरुले केहि सहयोग गरे पनि दिगो रुपमा संघ,प्रदेश र स्थानीय सरकारकै सहयोग अपरिहार्य रहेको बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद उपाध्यायले आफ्नो धर्म संस्कृतिको प्रवर्धनको लागि उक्त संस्कृत गुरुकुल खोलेको र दिगो श्रोत नभए पनि सरकारको आंशिक सहयोग र यस्तै शुभेच्छुकहरुले गरेको सहयोगमा आश्रम चलेको बताए ।अन्नदान भनेको प्राणदान हो ,आज दारी ग्याङले खाद्यान्न सामग्री सहयोग गरेर प्राण दान गरेको भन्दै हार्दिक धन्यवाद सहित भविष्यमा पनि यस्तै सहयोग,सल्लाह र अन्य व्यक्ति संघसंस्थासंग समेत पहलको अपेक्षा व्यक्त गरे । दारी ग्याङ पोखराकै सह(संयोजक बसन्त मिश्रले कार्यक्रम संचालन गरेका थिए । दारी ग्याङलाई संस्कृत गुरुकुलसम्म लैजानको लागि संयोजन ईन्जिनियर सूर्य तिमिल्सिनाले गरेका थिए ।

बि।सं। २०६२ साल देखि संचालित उक्त संस्कृत गुरुकुलमा करिब २० जिल्लाका ५ दर्जन बढी बिद्यार्थी अध्ययनरत छन् ।अधिकांश बिद्यार्थी न्यून आय भएका परिवारका छन् ।एउटै बिद्यालयमा नेपाली,संस्कृत,अंग्रेजी र कम्प्युटर शिक्षा समेत पढाई हुने र खान,बस्न पढ्न सबै निशुल्क हुँदा पछिल्लो समय बिद्यार्थीको आकर्षण समेत बढ्दो छ । कक्षा १० सम्म पढाई हुने उक्त संस्कृत गुरुकुल मुष्ठी दानको भरमा चल्दै आएको छ ।

 

Comments are closed.