नेत्र क्षेत्री –पोखरा २९ चैत्र ःदिउसो करिब पौने २ वजेको समयमा पोखराको न्युरोड नजिक महानगरपालिका भवन नजिक दुई सवारी साधन एकआपसमा ठोक्किदाँ एक कारमा क्षति भएको छ ।उत्तरदिशाबाट आएको ग१२प १६३२ को स्कुटर र विपरित दिशाबाट आएको ग१३प २६९७ नंम्बरको मोटरसाईकल ठोक्किँदा स्कुटरले नजिकै पार्किङ गरी राखिएको कारमा ठक्कर दिँदा ग१ज ४४६५ नंम्बरको कारमा क्षति बनाएको हो । घटनामा स्कुटर चालक र मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने घटनापश्चात स्कुटर र ,मोटरसाइकल, चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments are closed.