पोखरा, ६ पुस/पोखराको व्यावसायिक घरना लक्ष्मी हाउस ४२ वर्षमा प्रवेश गरेको छ । २०३० साल पुस ५ गते लक्ष्मी मिठाई भण्डारको रुपमा स्थापना भएको ४१ वर्षमा राष्ट्रिय पहिचान बनाउन सफल औंद्योगिक घरना बनेको छ ।
स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत लक्ष्मी हाउसले यो वर्ष ७८ लाख सामिाजक क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ । लक्ष्मी हाउसको केन्द्रीय कार्यालय बागबजारमा भएको कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई ३० लाखको एम्बुृलेन्स र नेपाल पत्रकार महासंघ कास्कीको भवनमा १६ लाखको लागतमा बहुउद्देश्यीय सडक सुरक्षा तालिम हल निर्माणका लागि दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
लक्ष्मी हाउसको भातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नक्साल काठमाडौंले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हुण्डाइ कम्पनीको एम्बुलेन्स र पत्रकार महासंघको भवनमा तालिम हल निर्माणका लागि सहयोग गर्न लागेको हो । सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधान र लक्ष्मी हाउसका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे भने पत्रकार महासंघसँग गरिएको सम्झौतामा महासंघका अध्यक्ष रामकृष्ण ज्ञावली र लक्ष्मी हाउसका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरे ।
एम्बुलेन्स हस्तान्तरण गरेपछि पहिलो तीन वर्षसम्म मर्मतका लागि ५० हजार, दोस्रो तीन वर्षसम्म ७५ हजार, त्यसपछिको चार वर्षसम्म एक लाख मर्मत खर्च दिने पनि सम्झौता पत्रमा उल्लेख छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले एम्बुलेन्सको व्यवस्थापन र संचालन गर्नेछ । हाउसका अध्यक्ष श्रेष्ठले हुनेसँग पैसा लिने र नहुनेलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन समितिलाई आग्रह गरेका छन् ।
पत्रकार महासंघ कास्की र लक्ष्मी हाउस बीच भएको सम्झौतापत्रमा बहुउद्देश्यीय सडक सुरक्षा तालिम हललाई आवश्यक पर्ने ५० थान कुर्सी, सोफा र साउण्ड सिष्टम पनि हाउसले उपलब्ध गराउने उल्लेख छ । नेपाल पत्रकार महासंघले प्रत्येक दुई महिनामा ट्राफिक जनचेतना सम्वन्धि कार्यक्रम गर्ने, पत्रकाहरुलाई सडक र ट्राफिक सम्वन्धि तालिम दिने र दुर्घटना न्यूनिकरणमा सहयोगी भूमिका खेल्नुपर्ने पनि सम्झौतामा छ । दिवसकै अवसरमा लक्ष्मी हाउसले लेखनाथको तल्लो गगनगौडांमा रहेको राधाकृष्ण बृद्धाश्रममा ५० वटा ‘ब्लाङकेट’ र फलफुल वितरण गरेको छ ।
हाउसले नेपाल अपाङ्ग महासंघलाई ५० वटा व्हील चियर र काठमाडौंका विभिन्न ठाउँमा अपाङमैत्री शैचालय निमार्णग गर्न पनि सम्झौता गरिसकेको हाउसका बरिष्ठ मानव संसाधन व्यवस्थापक श्याम मल्लले जानकारी दिए । उनका अनुसार बाल मस्तिष्क पक्षघात केन्द्रमा रहेका बालबालिकाको पठन÷पाठन र रेखदेखको लागि २० लाख र बृटिस काउन्सिलसँग मिलेर देशका विभिन्न विद्यालयमा ‘कनेक्टीङ क्लास’ संचालन गर्न १२ लाख सहयोगको घोषणा गरेको छ । त्यसैगरी न्यानो संसार संस्थामार्फत तराईका सितलहर पीडितलाई ५ सय वटा ‘व्लाङकेट’ वितरण गर्ने सम्झौता भइसकेको मल्लले जानकारी दिए ।
लक्ष्मी हाउसले यसअघि पनि शिक्षा, स्वास्थ्य लागयत सामाजिक क्षेत्रमा सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृगौला सेण्टरको स्थापनासँगै विरामी कुरुवाका लागि दिलपुतली आरामकक्ष २८ लाखको लागतमा निर्माण गरिदिएको छ । लक्ष्मी विद्यापदक बाट वर्षेनी विभिन्न क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि हाउसले गर्दै आएको छ ।
सहयोग सम्झौता कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधानले लक्ष्मी हाउसले सामाजिक क्षेत्रमा गरेको सहयोग उदाहरणीय रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सामाजिक क्षेत्रको विकासमा लक्ष्मी हाउसले दिएको योगदान प्रसंशायोग्य रहेको बताए ।
संघर्षले नै सफल बनाउँछ
२०३० सालमा ६÷७ हजार लगानी गरेर सुरु भएको लक्ष्मी मिठाई भण्डार लक्ष्मी हाउसमा परिणत हुदाँ सुजल डेरी, सुजल फुड्स, सुजल प्लाष्टिक, जया प्याकेजिङ, जया कन्फेक्सनरी, जयमा टेक्नो सेन्टर भातृ संस्थाका रुपमा छन् भने लगानी अरवौं पुगेको छ । लक्ष्मी हाउसमा अहिले १ हजारले रोजगारी पाएका छन् । बुद्धिहादुर श्रेष्ठ र गणेबहादुर श्रेष्ठले २०२६ सालमा घरमै पुष्टकारी बनाएर व्यापार सुरु गरेका हुन् । मेहनत र संघर्षले यहाँ सम्म आएका गणेशबहादुर श्रेष्ठले भने, ‘समस्याले नै सफलताको पहिलो ढोका खोल्छ जस्तो मलाई लाग्छ, समस्या परेपछि समाधानको उपाए खोजिन्छ त्यसले नै सफलतातर्फ डो¥याउँछ । ’
२०२० सालमा पृथ्वीनारायण क्याम्ससमा टाइपिष्टको रुपमा कार्यरत गणेशले २०२३ सालमा भूमी सुधारको खरिदार भएर पाल्पामा पनि काम गरेका थिए भने बृद्धिले मल्टिप्रपोज हाईस्कुल र सिद्धार्थ राजमार्ग निर्माणको समयमा क्लर्कको रुपमा काम गरेका थिए । २०३३ सालमा उनीहरुले मिठाई उद्योग औद्यौगिक क्षेत्रमा स्थापना गरेका हुन् ।
दृढ संकल्पका साथ इमान्दार, मेहनत र लगनशिल भएर कामप्रति सर्मपित भएमात्र सफलता हात लाग्ने अनुभव लक्ष्मी हाउसको छ कमाएको मध्ये केही रकम समाज सेवामा खर्च गर्दा अझ सफलता मिल्ने भनाई उनको छ । श्रेष्ठले भने, बाड्नेपछि खर्च हुन्छ, खर्चपिछ कमाउन मन लाग्छ अनि इमान्दार र लगनशिल भएर कामप्रति सर्मपित भइन्छ । ’
लक्ष्मी मिठाइ भण्डार स्थापनाको २०३० पुस ५ गतेको तिथि पण्डित भुवनेश्वर कोइरालाले जुराइदिएका थिए । पोखरा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न सहयोग गरेका तत्कालिन अञ्चलाधिश शंकरराज पाठकलाई सम्झदै गणेशले भने, ‘सबैको साथ सहयोग र कर्मचारीको मेहनतले आज यो स्थानमा पुगेको हौं, सबैलाई हृदयदेखिने धन्यवाद दिन्छु ।’ उनले आगामी दिनमा निरन्तर रुपमा सामाजिक क्षेत्रमा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
लक्ष्मी हाउसले उत्पादन गरेको मिठाई भारतको सिक्किम, दार्जिलिङ, चिनको तिब्वतसम्म निर्यात हुने गरेको छ । हाउसले ४० प्रकारका मिठाइ उत्पादन गर्दै आएको छ । अगामी दुई वर्षमा नयाँ ब्राण्डको मिठाई उत्पादन गर्ने सोंच बनाएका हुण्डाई कम्पनीको गाडी विक्रि गर्दै आएको लक्ष्मी हाउसले बीएमडब्लु गाडी नेपालमा विक्रीको लागि सम्झैता गरिसकेको छ ।
Comments are closed.