पोखरा हटलाईन
असोज १५ पोखरा
नेपालमा सर्वाधिक रुचाइएको बजाज ब्राण्डले एभेञ्जर सिरिजको नयाँ मोडल एभेञ्जर १६० स्ट्रिट एबीएस बजारमा ल्याएको छ ।बजाजको लागि पोखराको आधिकारीक बिक्रेता ईच्छाशक्ति अटोमोवाइल्सले यस क्षेत्रका पृथक एवं आन्नदायी मोटरसाइकल चलानउ चाहाना हुने ग्राहकवर्गलाई मध्यनजर गर्दै पोखरामा एभेञ्जरको नयाँ मोडल सार्वजनिक गरिएको बताएको छ ।
पृथक डिजाइन, उत्कृष्ट परर्फमेन्स एवं आरामदायी हुनुका साथै अन्य थुप्रै विषेशता भएको बाइकको मूल्य सिमित अवधीका लागि ३ लाख १९ हजार ९ सय कायम गरिएको बजाज ब्राण्ड पोखराको आधिकारीक बिक्रेता ईच्छाशक्ति अटोमोवाइल्स पोखराका म्यानेजर भगवान बिजुक्छेले जानकारी दिए ।बाइकमा डिटिएस–आई इञ्जिन जडित छ । साथै बाइकमा भएका लङ ह्विल बेस, डिजिटल डिस्प्ले, डिजिटल एनालग मिटर, डिसी लाइटिङ, डिसी इन्निसन सिस्टम, वाइड टाएर, एण्टीलक ब्रेकिङ सिस्टम लगायतका विषेशताका रहेको उनले बताए ।
उनले भने– ‘त्यसकारण भर्खरै पोखरामा सार्वजनिक गरिएको यो एभेञ्जरको नयाँ सिरिजले ग्राहाकको मन जित्न सफल हुनेछ, भन्ने हामीले विश्वास लिएका छौं ।’ उनले फेरि भने ‘नयाँ सिरिजले ग्राहक वर्गमा केही पृथक एवं आनन्ददायी बाइक चलाउने चाहाना पुरा गर्नको लागि नै हामीले एभेञ्जरको नयाँ सिरिज पोखरामा ल्याएका छौं ।’
Comments are closed.