पोखरा, वैशाख ११ गते । पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले विहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर ९ निवासि मेजर जयबहादुर गुरुङले ५० हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।
उनले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उत्त रकम हस्तान्तरण गरे । त्यस्तै आईएनएफले एक सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्ड अनुसार एक सय जनाको लागि फुल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सुचना अधिकारी भरतराज पौडेलले बताए ।
पोखरा फाइनान्सको सहयोग रकम बुझदै प्रमुख जिसीले बैक तथा वित्तिय संस्थाहरुले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत संकटको बेला गरेको सहयोग प्रंशसनीय रहेको बताए । उनले कोरोना भाइरस विरुद्धको लडाईमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए । उपप्रमुख गुरुङले संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेर महानगरलाई साथ दिएकोमा धन्यबाद ज्ञापन गरिन् ।
लकडाउनको अवस्थामा दैनीक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेहरु र विपन्नहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।
Comments are closed.