पोखरा १० चैत/ साविकको कृस्तीनाच्नेचौर र सराङ्गकोट गाविस तथा हालको पोखरा उपमहानगरपालीका वडा नं. २४ र २६ लाई पूर्ण साक्षर क्षेत्र तथा खोपयुक्त वडा घोषणा गरिने भएको छ । वडाका सम्पूर्ण बालबालिकाले सबै खोप लगाएको र विद्यालय नै नगएका तथा नियमित नभएका बालबालीकाहरुलाई नियमित रुपमा विद्यालय जाने वातावरण निर्माण भएकाले पूर्णसाक्षर घोषणा गर्न लागिएको हो । यसको तयारीका लागि मंगलबार छुट्टा–छुट्टै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बिद्यालय भर्ना अभियान यहि चैत्र २३ देखी २५ गतेसम्म सञ्चालन गर्ने र अभियानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, सिद्धार्थ क्लब र वडा कार्यालयको संयुक्त अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसैगरी, पूर्ण साक्षर वडा नं. २६ घोषणा कार्यक्रम यहि चैत्र २९ गते गर्ने निर्णय गरिएको छ ।
साक्षर घोषणा कार्यक्रमको लागि वडा सचिव रुद्रप्रसाद बास्ताकोटीको संयोजकत्वमा स्थानीय विद्यालय हेर्ने विद्यालय निरीक्षक, श्रोत व्यक्ति, राजनैतिक दल, बिद्यालयका प्राचार्य तथा प्रधानाध्यापक, आमा समूह, युवा क्लवका साथै सिद्धार्थ क्लब पोखरा सदस्य रहने मूल समारोह समिति गठन गरेको छ भने वडा न. २४ कृस्तीमा चैत्र मसान्तसम्म पूर्ण साक्षर र पूर्ष खोपयुक्त वडा घोषणा गर्ने निर्णय गरिएको छ । सिद्धार्थ क्लवले दुवै वडाका २१ वटा विद्यालयलाई प्राथमिक उपचार सामग्री सहितको ब्याग हस्तान्तरण गरेको थियो ।
Comments are closed.