पोखराको विरौटामा ‘किसान बजार’ संचालन

प्रकाश अधिकारी/पोखरा हटलाइन
पोखरा–२४, कास्की
पोखरामा कृषकबाट उत्पादन भएको कृषि उत्पादनलाई सिधै उपभोक्ताले खरिद गर्न पाउने गरी पोखरा महानगरपालिकाको सहयोगमा पोखराको विरौटामा किसान बजार संचालनमा आइरहेको छ ।
उक्त बजारमा कृषकहरुले उत्पादन गरेका फलफुल तरकारी तथा अन्नवाली सिधै उपभोक्ताहरुले किन्न पाउनेछन्, जसले गर्दा बिचौलियाले खाने मुनाफा कृषक तथा उपभोक्तालाई नै हुने गर्छ । स्थानिय कृषि उत्पादन, प्रबद्र्धन, उपभोक्तालाई स्वच्छ बस्तु उपलब्ध गराउने आफुहरुको मुख्य लक्ष्य रहेको बताए ।
उक्त बजार दैनिक बिहान ६ देखि ९ः३० बजेसम्म र दिउँसो ४ देखि साँझ ७ बजेसम्म खुल्ला रहने सो किसान मेलामा २५ वटाभन्दा बढी स्टल रहेका छन् । उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले किन्न पाउने महानगरको विश्वास छ । हामीले किसानलाई प्रोत्साहन हुने गरी, आम उपभोक्तालाई ताजा र सकेसम्म सहुलियत दरमा बस्तु उपलब्ध गराउने गरी महानगरका केही स्थानमा पुनः यस्ता बजार स्थापना गर्ने लक्ष्यमा रहेको समेत बताए ।

Comments are closed.