विहिवार २०७३ कार्तिक २५ गते
गएराती करिब १० वजे पोखराको हङकङ बजारमा आगजनी भएको छ । स्थानीयवासीका अनुसार विद्युत सर्त भएकै कारण आगजनि भएको जनाइएको छ । आगजनिवाट करिव २५ वटा सटरहरु ध्वस्त भएका छन् । भने करोडौंको समान जलेर नष्ट भएको छ ।
जलेर नष्ट भएका पसलहरुमा फेन्सी कस्मेटीक, जुत्ताचप्पल, भाडा, विद्युतिय टर्चलाइड, सिडी चक्काहरु, ल्यापटप, कम्यूटर समेत जलेका छन् ।
स्थानीय वासिन्दा सुरक्षाको सवै निकायहरु सवैको सहभागितामा आयो निभाइएको थियो । एक वासिन्दाका अनुसार सुरक्षा निकायको उपस्थिति अत्यन्तै राम्रो थियो र वहाहरु उदारमा खटिइरहनु भएको थियो दमकल भने समयमा नआएका कारण वढि क्षति भएको उनि वताउछन् । आगजनि भएको स्थलमा जिप्रका कास्कीले क्षतिवारे विवरण लिएको छ भने क्षति विवरण अझै आउन वांकि रहेको कास्की प्रहरीले जनाएको छ ।
कतिपय व्यवसायी दिपावली छठका कारण घर गएको हुँदा अन्य विवरण अझै आउने वजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सूनारले जनाए ।
वजारमा भएको आगजनिका कारण आफू अत्यन्तै दुखि भएको वजार संचालक मिलन तिवारीले जनाएका छन् । उनले छिट्टै नै यसवारे हामि छलफल गर्ने तयारीमा छौं उनले भने । यता वजार विद्युत व्यवस्थापन नभएकै कारण यस्तो हुन गएको एक व्यवसायी वताउंछन् ।
यसो त वजारमा आगजनि भएको वारे जानकारी लिन पूर्व अर्थमन्त्री रामशरण महत ज्यू समेतको आगमन भएको थियो ।
Comments are closed.