पोखरामा अब पोखरा दुध

पोखरा ७ वैशाख ।पोखराको त्रिवेणी डेरी तथा जैविक कृषि उद्योगले पोखरामा अव पोखरा दुध बजारमा ल्याउने भएको छ । बैशाख ८ गतेदेखि बजारमा पोखरा दुध ल्याउने तयारी गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । पोखरा दुध तथा दुग्ध उत्पादक सहकारी संस्थाले स्वस्थ्य जीवनका लागि ताजा र शुद्ध दुध गोठदेखि ओठसम्म भन्ने नारा सहित ५ करोडको लगानीमा उद्योग संचालनमा ल्याइएको उद्योगका अध्यक्ष शोभाकान्त ढकालले जानकारी दिए ।
cow-milk
उद्योगमा २७ जना कृषकहरुको लगानी छ भने होलस्टेन र जर्सी गरी ७५ वटा गाई रहेको उनले बताए । ७५ गाईबाट दैनिक ६ सय लिटर दुध उत्पादन हुने जानकारी उनले दिए । उनका अनुसार उद्योगले दैनिक तिनदेखि पाँच हजार लिटरसम्म दुध पाश्चराइज गर्ने र दुध तथा दुग्ध जन्य पदार्थ उपभोक्ताको घरघरसम्म पु¥याउने व्यवस्था मिलाएको अध्यक्ष ढकालले बताए ।

‘उद्योगले भरतपोखरी, भलाम र हेम्जामा एक घर दुई गाई अभियान संचालन गरेको छ । सहकारीले लगानी गरेर गाई पाल्ने वातावरण बनाइदिन्छ र उद्योगले दुध खरिद गर्छ’ ढकालले भने । ‘बीचमा विचौलियाले नाफा खाने अवस्था नआओस भन्ने मान्यताले, सहकारीले लगानी गरेर दुध सिधै उद्योगले किन्ने ब्यवस्था गरेका छौं’ उनले भने । भरतपोखरीमा ५ सय गाई स्थानीयले पालेका छन् । वि.स.२०६३ सालमा पोखराको ढुङ्गेसाँघुमा, हेमन्तमार्गमा दुग्ध उत्पादक फार्म सञ्चालन हुँदै आएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार अयोजना (प्याक्ट)ले सहकारीलाई ३१ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

उद्योगले दुध, दहि, ध्यू, पनिर, नौनी, आइसक्रिम, खुवा र बटर तथा दुग्धजन्य पदार्थहरु अत्याधुनिक प्रविधिका उपकरणहरुद्वारा उत्पादन तथा प्रशोधन गरि सहकारीमार्फत प्रत्येक घरघरमा पु¥याउने लक्ष्य लिएको छ । उत्पादित बस्तुहरुलाई पोखराका छोरेपाटन, सिम्पानी, काँहुखोला, विजयपुर, लेखनाथ, छिनेडाँडा, महतगौंडा लगायका स्थानमा सेवा पु¥याइने अध्यक्ष ढकालले बताए ।
सरकारले तोके अनुसारको मुल्यमा उपलब्ध गराइने समेत उनले बताए । जसमा स्टाण्डर्ड दुध प्रतिलिटर ६४ रुपैयाँ, होल प्रतिलिटर ८० रुपैयाँ दहि प्रतिलिटर ११०, नौनी ध्यू प्रतिलिटर ६ सय ७० रुपैयाँ पर्नेछ ।

Comments are closed.