पोखरामा अर्गानिक हाटबजार

पोखरा महानगरपालिका वडा न १९ ले किसानको मागलाई मध्यनजर गर्दै आफ्नो वडा र १६ नं वडाका बासिन्दा द्वारा उत्पादित अर्गानिक तरकारी र वडा बाट प्रदान गरिएका तालिमबाट सिकेका सीप प्रयोग गरि निर्माण गरिएका सामाग्री बिक्रीवितरण गर्नका निम्ति हाटबजार सन्चालन गर्ने भएको छ।कास्किको अर्गानिक तरकारी उत्पादनका निम्ति पुरुन्चौर , लामाचौर र अर्मला प्रख्यात रहेको छ। आज बिहान वडा १६ र १९ का अध्यक्ष , सदस्य ,राजनैतिक पार्टी प्रतिनिधि , स्थानीय संघ संस्था, क्लब , र उपभोक्त हरुको बृहत भेलामा श्रावण पहिलो हप्ता बाट हाटबजार संचालन गरिने जानकारी प्रचारप्रसार समितिका संयोजक शेखर गौतम ले दिए । सो कार्यक्रमका बक्ताहरुले अर्गानिक उत्पादन मात्र बिक्रीवितरण गर्ने र हाट बजारलाई ब्यबस्थित गरेर पोखरा बजारलाई पनि आफ्नै उत्पादनको स्वाद चखाउनु पर्ने बताए । अहिले बजारमा हाइब्रीट र रासायनिक मल प्रयोगबाट उत्पादित बस्तु सेवनले जनस्वास्थ्य बिग्रदै गएकोमा यस्तो उत्पादन र बितरणमा अगाडि बढेको वडा अध्यक्ष शोभामोहन पौडेलले बताए । हालको निम्ति ठुलिपोखरी स्थान छनोट गरि आजैदेखि हाटबजारको निर्माण कार्य थालनी गरिएको र  किसानलाई तरकारी उत्पादनमा लाग्न प्रचारप्रसार गरिएको छ। वडा न १६ का सदस्य मेयरमान थापाको अध्यक्षतामा भएको भेलामा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले उठेका जिज्ञासाको जवाफ दिएका थिए । सोही भेलामा हाटबजार संचालन गर्नको निम्ति अहिलेलाई तीन लाख रुपिया रकम छुट्टाएको जानकारी दिइयो र यो बजारबाट करिब तीन हजार घरधुरी लाभान्वित हुने संयोजक शेखर गौतमले बताए ।

Comments are closed.