पोखरामा अर्थमन्त्रीको गाडीमा तोडफोड, पिएन क्याम्पसमा झडप

पोखरा, चैत ११ गते
एनेकपा माओवादी निकटको बिद्यार्थी सँगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा अर्थमन्त्री डाक्टर रामशरण महत चढेको गाडी तोडफोड गरेका छन् ।
मन्त्री महत चढेको गाडीलाइ कालो झण्डा देखाउने क्रममा पोखराको पृथ्बीनारायण क्याम्पसको गेट अगाडी ढुङ्गा प्रहार गरेका हुन् ।
त्यसक्रममा प्रहरीले केही बिद्यार्थीलाइ पक्राउ गरेपछि, त्यहाँ प्रहरी र बिद्यार्थीहरु बिच झडप भइरहेको छ । दुबै पक्षबाट ढुङ्गा हानाहान हुँदा पृथ्बीनारायण क्याम्पस गेट वरपरको क्षेत्र तनाबग्रस्त बनेको छ ।

Comments are closed.