पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना पक्राउ

पोखरा,
पोखरामा एनआइसि एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ११ बजे पोखरा महानगरपालिका वडा नं १७ विरौटा स्थित एनआइसी बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पर्वत कुश्मा नगरपालिका वडा नं ३ का २३ वर्षिय कृष्ण बहादुर बिकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
बिकलाई कास्की अदालतबाट ७ दिन म्याद थप गरि अनुशन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।
निज बिक यस अघि पनि माछापुच्छ्रे बैंकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेर कैद भुक्तान गरेको अभिलेख देखिएको प्रहरीले जनाएको छ ।

 

Comments are closed.