पोखरा, २५ फागुन। राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल प्याव्सनले पोखरामा विस्तारित वैठक सम्पन्न गरेको छ । वैठकले विद्यालयल शिक्षालाई व्यवस्थित र मर्यादित गर्नका लागि तिन वुँदे निर्णय समेत गरेको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । बैठकले नेशनल प्याब्सानले सदस्य विद्यालयहरुमा शैक्षिक कार्यक्रम एवम् क्यालेण्डरमा एकरुपता ल्याई गुणात्मक शिक्षा प्रदान गर्ने, परीक्षा सञ्चालन विद्यालयहरुमा संयुक्त रुपमा गरिने परीक्षा र परीक्षा व्यस्थापन शैक्षिक उन्नयन लागि अपरिहार्य भएकोले परीक्षालाई अझै मर्यादित बनाउदै लैजाने निर्णय गरेको छ ।
त्यसैगरि शुल्क तथा छात्रावृत्ति निर्धारणका सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अपेक्षा अनुसार तथा शिक्षा मन्त्रालयको आग्रह अनुसार शिक्षा नियामावलीमा व्यवस्था भए वमोजिम सदस्य विद्यालयहरुले निर्धारण गरेको शुल्कलाई सूचना पार्टीमा सार्वजनिक गरी व्यवस्थापनलाई सजिलो वनाउनका लागि जिल्ला समितिलाई परिचालन गरिएको प्याब्सानका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिए । वैठकमा ४२ जिल्लाका केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरुको सहभागिता रहेको प्याब्सान कास्कीका सचिव केशवशरण पौडेलले जानकारी दिए ।
Comments are closed.