पाेखरा १५ चैत्र। पोखराको न्यूरोडमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही १२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । करिव अाधा दर्जन सवारी साधन ताेडफाेड भएका छन् । हातमा बाँसका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको छ ।
केहीको टाउको र अनुहारमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार घाइतेहरुलाई मोर्चाकै कार्यकर्ताहरुले मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका छन् ।
स्थानीय व्यवसायीहरुका अनुसार मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आइतबार देशभर लाठी जुलुस प्रदर्शन गर्दैछ । गृहमन्त्रालयले भने लाठी जुलुस प्रदर्शनमा रोक लगाएको छ । घटनाकाे पुरा विवरण अाउन बाँकी छ ।
तस्विर-फेसबुकबाट
Comments are closed.