पोखरामा खुल्यो जिनो डक्टर्स सेन्टर

निशुल्क स्वास्थ्य जाँचसहितकाे स्वास्थ्य सेवा
डेढ कराेडकाे लगानी
पाेखराका २० जना र काठमाडाैँका केही डाक्टरकाे विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध


पोखरा ८ असार
पोखरामा स्वास्थ्य सम्वन्धि सेवा दिने संस्थाहरुमा अर्को संस्था थपिएको छ । पोखराको हरिचोकमा जिनो डक्टर्स सेन्टर नामक स्वास्थ्य संस्था संचालनमा आएको हो । निशुल्क स्वास्थ्य जाँचसहित सबैखाले स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि हालसालै मात्र जिनो डक्टर्स संचालनमा आएको संस्थाका अध्यक्ष सुजन रानाभाटले जानकारी दिए । pp
‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सक्रियतामा सेन्टर संचालनमा ल्याएका हौं’ अध्यक्ष रानाभाटले भने ‘हामीले निःशुल्क स्वास्थ्य जाँच गर्ने गरेका छौं भने गरिव, असहायहरु र जेष्ठ नागरिकलाई विशेष छुटमा स्वास्थ्य सेवा दिन्छौं ।’ लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल ८ जनाको समुहले करिव डेढ करोडको लगानीमा सेन्टर संचालनमा ल्याएको सेन्टरका मेडिकल डाइरेक्टर डा. तारा कोइरालाले जानकारी दिए ।
पेट, छाति, मृगौला, मुटु, मधुमेह, तथा थाइराइड लगायतका रोगको निशुल्क चेकजाँचसहित विशेष स्वास्थय सेवा उपलब्ध गराउने सेन्टरले जनाएको छ । साथै विभिन्न रोगको ल्याव टेष्टको व्यवस्थासमेत सेन्टरमा उपलब्ध हुनेछ । सेन्टरमा पोखरा मै क्रियाशिल २० जना डाक्टर र केही विशेषज्ञ डाक्टर काठमाडौंबाट समेत आएर स्वास्थ्य सेवा उपलब्ध गराउने प्रवन्ध निर्देशक सुनिल सुवेदीले जानकारी दिए । सेन्टरले २४ सैं घण्टा स्वास्थ सेवा उपलब्ध गराउने बताइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा निःशुल्क रुपमा उपलब्ध हुने औषधीहरुसमेत सेन्टरमार्फत उपलब्ध गराउने प्रयाससमेत भैरहेको अध्यक्ष रानाभाटको भनाई छ । ‘हामीले जतिसक्दो धेरै र अत्याधुनिक सेवा प्रदान गर्ने प्रयास गरेका छौं’ अध्यक्ष रानाभाटले भने ‘हामी सेवाभावले खेटिने छौं र हाम्रो उद्देश्य पनि पोखरामा प्रतिष्ठित स्वास्थ्य संस्थाको रुपमा स्थापित हुने रहेको छ ।’
सेन्टर सञ्चालनमा आएपछि हरिचोक आपपास तथा हेमजा, लाहाचोक, घाचोक, सल्यान, पर्वत, बागलुङ, म्याग्दीसम्मका विरामीहरु लाभान्वित भएको डा. कोइरालाले जानकारी दिए । स्थापित र अनुभवी डाक्टरहरुले स्वास्थ्य जाँच गर्ने भएका कारण पनि विरामीहरु आउने क्रम बढ्दै गएको सेन्टरले जनाएको छ । पोखराका अस्पतालहरुमा पाइने सबै सेवा सेन्टरमा उपलब्ध हुने बताइएको छ । सेन्टरले समयानुकुल अरु स्वास्थ्य सेवाहरु पनि थप्दै लैजाने बताएको छ ।

Comments are closed.