पोखरा २७ बैशाख/ पछिल्लो समय अटो क्षेत्रमा रिकन्डिसन तथा वर्कसपहरु बढ्दै गएका छन् । दिनहुँ गाडी चढ्ने बढिरहेका कारण यस्ता रिकन्डिसन तथा वर्कसपहरु पनि थपिँदै गएका हुन् । पोखराको अटो बजारमा अर्को रिकन्डिसन एण्ड वर्कसप थपिएको छ । पोखराको नयाँ बजारमा न्यूटन रिकन्डिसन तथा वर्कसप आइतबारदेखि संचालनमा आएको हो । पोखरा–२२ अर्बाविजयका ४ जना युवाले करिव १५ लाख रुपैयाँको लगानीमा वर्कसप संचालनमा ल्याएका छन् ।
सबै कम्पनीका मोटरसाइकल विक्री गर्ने तथा अत्याधुनिक सेवा सुविधा, सर्भिसिङ र सम्पूर्ण मोटरसाइकलका पार्टहरु विक्री गर्ने गरी वर्कसप संचालनमा ल्याइएको संचालक मध्यका एक रमेश बरालले जानकारी दिए । मेसिनद्वारा कुच्चिएका पार्कलाई सिधा बनाउने काम पनि गरिने उनले बताए । आर्वाका रमेश बराल, भुवन बराल, सन्तोष बराल र दिपक बरालले सामुहिक रुपमा अटो क्षेत्रमा व्यवसाय सुरु गरेका हुन् । यसमा भुवन बाहेक सबै जना विदेश गएर फर्केका युवा हुन् ।
‘विदेशमा लामो समय दुःख गरियो । विदेशमा कमाएको पैसा र गरेको लगानी नेपालमै केही गर्ने हेतुले व्यवसाय सुरु गरेका हौं’ सन्तोष बरालले भने ‘यो क्षेत्र व्यावसायिक रुपमा देखिएकाले हामी पनि सफल हुनेमा विश्वस्त छौं ।’ चार जना मध्य दिपक बरालसँग यस क्षेत्रमा २÷३ बर्ष काम गरेको अनुभव छ । दिपककै सल्लाहमा व्यवसाय सुरु गरेका उनीहरुले यो क्षेत्रमा नयाँ केही गर्ने सोंच पनि बनाएका छन् ।
Comments are closed.