पोखरामा गुञ्जिए अरुणका गीत ‘अरुण थापा एक विशिष्ट प्रतिभाका धनि’

पोखरा ५ साउन/ मंगलबार स्वर्गीय अरुण थापाको १७ औं स्मृति दिवस । पोखरामा उनको स्मृतिमा पोखरेली युवा सांस्कृतिक परिवारले कार्यक्रम मार्फत पोखरेलीले उनलाई सम्झीए । पोखरासँग विशेष सम्वन्ध रहेका अरुण र उनका गीत सुन्न कार्यक्रम सुरु हुनुभन्दा अगाडी नै पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष खचाखच भरिएको थियो । सबैजना अरुणका गीत सुन्न आतुर थिए । थोरै गीत गाएर धेरै चर्चा कमाउने गायक अरुण थापाका गीतमा रमेर पोखरेलीले उनको सम्झना गरेका छन् । अरुण थापाको स्मृति कार्यक्रममा पोखरेली गायकहरुले गाएको अरुणकै गीतमा पोखरा गुञ्जियो । arun-thapako-3
कार्यक्रममा अरुण थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेको साहित्यकार सरुभक्तको स्मरण गरे । २०३५ साल तिरै रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापि गायन प्रतियोगितामा पोखरेली युवा साँस्कृतिक परिवारले अरुणलाई रेडियो नेपालमा गीत गाउन पठाएको सरुभक्तले कार्यक्रममा बताए । पोखराबाटै गए उनले रेडियो नेपालमा पहिलो गीत रेकड गराएको उनले बताए । ‘अरुण थापाको पोखरासँग गहिरो सम्वन्ध थियो’ सरुभक्तले स्मरण गरे ‘अरुणले पोखरामा भएको पहिलो सांगितिक कार्यक्रममा विनोद गौचनद्वारा रचित लोकपी्रय गीत “जति माया लाए पनि” र “यो ज्यानलाई कम्ति पीर परेन” गाएर दर्शक श्रोताको मन जितेका थिए । “जति माया लाएपनि” पोखराको चिनो हो ।’ अरुण थापा एक विशिष्ट प्रतिभाका धनि भएको सरुभक्तले बताए ।
अरुण थापा नेपाली सांगेतिक जगतमा कहिल्यै नमेटिने नाम भएको बताउँदै पोखरेली युवा सांस्कृति परिवारका निवर्तमान अध्यक्ष सरस्वती प्रतिक्षाले उनको छोटो परिचय दिँदै अरुणलाई पोखराले कहिल्यै बिर्सन नहुने बताईन । ‘अरुण धेरैका ढुकढुकी हुन्’ प्रतिक्षाले भनिन् ‘नेपाली गीत संगीत अनि अरुणको ईतिहास लेखियोस् र त्यसमा पोखरा छुटोस् त्यो सम्भव छैन ।’ _MG_9079
उनको सम्झनामा परिवारले बर्षेनी कार्यक्रम गर्दै आएको अध्यक्ष सुरेश रानाभाटले बताए । त्रिवेणी संगीतालयको तर्फबाट सामुहिक रुपमा ‘करोडौं मुटुहरुमा’ बोलको गीतबाट सुरु भएको कार्यक्रममा उनको १३ वटा गीत कार्यक्रममा गुञ्जिए । थापाको ‘लाग्न थाल्यो जिन्दगी’ बोलको गीत पोखरेली युवा साँस्कृतिक परिवारको तर्फबाट पशुपति गुप्ताले गाएका थिए । ‘दोष कसैलाई दिन’ बोलको गीत संगीत प्रशिक्षण केन्द्रका जय चापागाईँ, ‘जति माया लाएपनि’ जोजिजू म्यूजिक स्कुलका विनित जोजिजूले गाएको परिवारका संगीत संयोजक श्रीमान थुलुङले जानकारी दिए ।
यसैगरी थापाको चर्चित गीत ‘भुलुँभुलुँ लाग्यो मलाई’ तरना म्यूजिकका सूर्य गुरुङ, ‘चोट केहो, व्यथा केहो’ मेलोडी क्याफेका विनोद बानियाँ, ‘भुलेका कथा तितामीठा’ जे.ई म्यूजिकका प्रज्वल जोजिजू, ‘ऋतुहरुमा तिमी’ ओपन हाउसका धन गुरुङ, ‘आँखाको निँद’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठ, ‘मेरो गीत तिमीलाई’ सेन्टर प्याइन्टका राम लिम्बु, ‘म रोए पनि’ गुरुकुल संगीत प्रशिक्षणका अनिल बि.क., ‘तिमी हेर्छौ भने’ अथिति कलाकारका तर्फबाट रामभक्त जोजिजू र ईतु पाल, ‘सम्झनाको जूनसँगै’ पोखरा कलाकार सांगीतिक संघका तर्फबाट अनुजा थापाले गीत प्रस्तुत गरेको संगीत संयोजक सुनिल थापाले जानकारी दिए । पाेखराकै गायकगायिका मार्फत उनका गीत गानका लागि विभिन्न साङ्गेतिक सँस्थामार्फत छनाैट गरिएकाे कालाकार छनाैट समिति सम्याेजक नवराज बराले बताए ।  कार्यक्रमको संचालन सचिव अर्जुन अधिकारीले गरेका थिए । arun-thapa-ko-2
वि.सं.२००९ साल माघ ११ गते बाबु गुञ्ज प्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेका थिए । सुगम स्वरका धनी थापालाई आम नेपालीले २०५६ साल श्रावण ५ गते गुमाएका हुन् । “ऋतुहरुमा तिमी हरियाली वसन्त हौं” अरुण थापाद्वारा गाईएको राजेन्द्र रिजालका शव्द, राम थापाको संगीतमा रहेको यो गीत राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त भएको थियो । बिबिसि वल्र्ड सर्भिसद्वारा २००३ मा सर्वेक्षण गरीएका विश्वका दश उत्कृष्ट गीत मध्य अरुण थापाले गाएको यो गीत श्रोता मतले सातौं स्थान परेको थियो ।

Comments are closed.