पोखरामा भेटियाे अनौठो सुनाैलाे सर्प

11295643_747595475358124_3155204480362055874_nपाेखरा १२ जेठ/ पोखरामा मंगलबार अनौठो  सर्प भेटिएको छ । शिशुवामा  नजिकै  टल्कने  सुनाैलाे रङकाे अनौठो दुर्लभ  भेटिएको हो । मंगलबार विहान यस्तो प्रकृतिको सर्प भेटिएपछि स्थानीयले नाग देवता भन्दै पुजा गर्नेको भीड लागेको थियो ।10985479_747595305358141_6511907346804360879_n
देशमा परेको विपतबाट छुट्कारा दिलाउन र शुख शान्ति र समृद्धि मिलोस भन्ने कामनासहित स्थानीयले जोडी सर्पको पुजाआचा गरेका हुन् । सर्पलाई वन कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

अत्यन्तै दुर्लभ प्रजातिको उक्त जोडी सर्पको उद्धार गरी जिल्ला वन कार्यालय कास्कीमा ल्याइएको र सुरक्षित ठाउँमा लगेर छाडिएको जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत खगेन्द्र बरालले बताए ।

 

11351332_747595382024800_1062912946040247996_n

Comments are closed.