पोखरामा जारी १५ औं बिटी कपमा आईतबार ९ खेल सम्पन्न

करापुटारको जितमा रामबाबु नेपालीले ह्याट्रिक गरे भने मुकेश दुराले १ गोल गरे


पोखरा, २० चैत ,

पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आज (आईतबार) ९ खेल सम्पन्न भएका छन् ।बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मानाराथा चर्च र शितल ज्योती क्लब बिच भएको पहिलो खेल निर्धारित समयमा गोलरहित भएपछि टाईबेकरमा २–१ गोल अन्तरले शितल ज्योती विजयी बन्यो ।बिटी क्लबका अध्यक्ष विजया गुरुङका अनुसार दोस्रो खेलमा वाईसीएल हेम्जाको अनुपस्थितिमा मेरो नेपाल क्लब वाक ओभर मार्फत विजयी बन्यो ।
त्यसैगरी तेस्रो खेलमा बि पहेलोलाई एम फाईभ मालेपाटनले ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । मालेपाटनको जितमा मिलन मगरले २ गोलको योगदान दिए भने । फोनस कार्की, आशिस नेवार, सोम थिङ र सन्दिप क्षेत्रीले समान १/१ गोल गरे ।
सँगम टिम ‘बि’ र नदीपुर युनाईटेड बिच भएको चौथो खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाईबेकरमा नदीपुरले जित निकाल्यो ।
पाँचौ खेलमा ब्रदर युनिटीलाई करापुटारले ४–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । करापुटारको जितमा रामबाबु नेपालीले ह्याट्रिक गरे भने मुकेश दुराले १ गोल गरे ।
भदौरे एफसी र म्याक्सवेल पोखरा बिच भएको छैटौं खेल निर्धारित समय गोलरहित सकिएपछि टाईबेकरमा भदौरे एफसीले ३–२ गोल अन्तरले जित निकाल्यो ।सातौ खेलमा हेम्जा युनाईटेड ‘बि’लाई डिफेण्डिङ च्याम्पियन एम टुभेलले ३–० गोल अन्तरले पराजिगत गर्दै दास्रो चरणमा प्रवेश गर्याे । एम टुभेलको जितमा अभिनाश तामाङले २ गोल गरे भने समिर प्रधानले १ गोलको योगदान दिए ।आठौं खेलमा भलाम एफसीलाई एम टुभेल टिम ‘बि’ ले १–० गोल अन्तरले पराजित गर्याे । एम टुभेल टिम बिको जितमा मानव जिसीले निर्णायक गोलको योगदान दिए ।आज सम्पन्न अन्तिम खेलमा बाईलेस क्लाले गार्डेन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । बाईलेसको जितमा अन्जल महर्जनले निर्णायक गोल गरेका थिए ।सोमबार पनि पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ ।

Comments are closed.