माेर्चा र प्रहरीबीच पोखरामा भएकाे झडपमा २५ जना घाइते (फाेटाे फिचर)

पत्रकार पौडेलमाथि प्रहरीले गरेको कुटपिटको भत्सना


IMG_4547-650x433पोखरा, १५ चैत /आइतबार तीस दलीय मोर्चाले पोखरामा निकालेको लाठी जुलुसका क्रममा आन्दोलनकर्ता र प्रहरीकाबीचमा झडप भएको छ । प्रदर्शनकारीले जथाभावी भाटा र लाठी हान्दै हिँडेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताइएको छ । झडपमा करिव २५ जना घाइते भएका छन् भने आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड भएका छन् । तीस दलीय मोर्चाले आफ्ना २१ जना कार्यकर्ता घाइते भएको जनाएको छ भने आइतबारको प्रदर्शन नियन्त्रण गर्ने क्रममा आफ्ना पाँच जना प्रहरी जवान घाइते भएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जनाएका छन् ।

“भीड आफैँ अनियन्त्रित हुँदै जथाभावी लाठी प्रहार गर्दै हिँडेपछि स्थिति अराजक भएको र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा सामान्य बल प्रयोग भएको हो,” उनले भने । जुलुसको नेतृत्व एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, पूर्व सभासद् राजकाजी गुरुङलगायतले गरेका थिए । IMG_4548-650x433जुलुसमा जिम्मेवार नेता सहभागी भए पनि तोडफोड र अराजकता नियन्त्रणका लागि कुनै प्रयास नगरेको धेरैको गुनासो छ । यता तीस दलीय मोर्चाले भने आफ्नो शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन तथा कुटपिट गरेको बताएको छ ।

चर्को नाराबाजी गर्दै चिप्लेढुङ्गाबाट सभागृहतर्फ आउँदै गरेको जुलुशको दृश्य छायाङ्कन गरिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेलमाथि प्रहरीले कुटपिट गरेका छन् । प्रहरीले “हामीले पिटेको मात्र खिच्ने” भन्दै पत्रकार पौडेललाई कुटपिट गरेको पौडेलले बताए । पौडेलमाथि भएको कुटपिटको नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका विभिन्न संघसंस्थाहरुले भत्सना गरेका छन् । कास्की प्रहरीलाइ यस्ता घटना नदोह¥याउन सचेत गराउँदै पत्रकार महासंघ कास्कीले घटना प्रति खेद प्रकट गरेको छ भने स्वतन्त्र पूर्वक समाचार संकलन गर्ने वातावरण बनाउन माग पनि गरेको छ ।unnamed (1)

यसैगरी प्रदर्शनकारीले न्युरोडमा कार्यालय अगाडि पार्किङ गरिराखिएको नेपाल पत्रकार महासङ्घ कास्कीका सल्लाहकार राजबहादुर गुरुङको बा १० च ३२३६ नम्बरको निजी गाडीसमेत तोडफोड गरेका छन् । गाडीको सिसा फुटेको गुरुङले जानकारी दिएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट सभासद तेजकुमारी पौडेल, एमाओवादी कास्की जिल्ला सचिव विष्णु पौडेल, एमाओवादी जिल्ला समिति सदस्यहरु निर्मला सुवेदी (क्रान्ति), निर्मला न्यौपाने, देवीप्रसाद सुवेदी, विश्वप्रकाश लामिछाने, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिनेश पौडेल, जिल्ला अध्यक्ष कृष्णराज दाहाल, एमाओवादी निर्मलपोखरी गाविस अध्यक्ष प्रकाश पौडेल, वाइसिएल तमुवान राज्य सदस्य सुवास पौडेल, बाइसिएल नेता अशोक जंग प्रसाई, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष स्थिरप्रसाद खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघका नेता लिला बहादुर घर्ति, गुणराज बास्तोला, धनबहादुर तामाङ, विजय थापा, राधा गुरुङ, वाइसीएल जिल्ला सदस्य ऋषि सुवेदी, अग्रगामी विद्यार्थी यूनियनका केन्द्रीय सदस्य सञ्जेश गुरुङ, विद्यार्थी नेता आविस्कार सुवेदी र आन्दोलनकारी क्षेत्र गुरुङ घाइते भएको एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले दाबी गरे । unnamed
तीस दलीय मोर्चाले आइतबार देशभर लाठी जुलुस निकालने निर्णय गरेअनुसार भएका प्रदर्शनमा देशका विभिन्न ठाउँमा झडप भएका समाचार आएका छन् । गृह मन्त्रालयले भने लाठी जुलुस प्रदर्शनमा रोक लगाएको छ । IMG_4647-650x4331504985_10203912884964160_3838928737488934962_n11078209_798357906916347_7242024353394862010_n

Comments are closed.