पोखरामा ठुलो परिमाणमा लागूऔषध बरामद

पोखरा–३१, असार
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१ बगर स्थित लागूऔषध कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले शंकास्पद अवस्थामा फेलापारी तलासी लिँदा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने बर्ष ४९ को अर्जुन कुमार गुरुङको घरकोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान– ६७० एम्पुल, फेनेरागन– ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाईल थान १ र नगद रु.५,२१,२००।– (पाँचलाख एक्काईस हजार दुईसय) सहित फेला पारेको हुंदा निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।

Comments are closed.